Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, November 13, 2014

भिउ अफ नेपालीज ग्रुप, गुन्सानको अध्यक्षमा उमेश राई

गोपाल अधिकारी ,गुन्सान, कोरियाl
गत आइतबार २०१४ नोवेम्बर ०९ तारिखका दिन गुन्सानका नेपालीहरुको समूह,
भ्यु अफ नेपालीज ग्रुप, गुन्सानको दोस्रो साधरण सभा सम्पन्न भई सर्ब
सहमतिमा उमेश राई अध्यक्षमा मनोनित भएको छ।

निबर्तमान अध्यक्ष दिपक खड्काको सभापतित्वमा भएको साधरण सभामा उमेश राई
अध्यक्ष सहित १८ जना नया कार्यकारी समितिको चयन भएको छl त्यस्तै गरेर
उपाध्यक्ष: सालिक न्यौपाने, सचिब: जीवन जीसी, सहसचिब: रोहन शर्मा,
कोषाध्यक्ष: शिशिर ज्ञावली, सह-कोषाध्यक्ष: गणेश अधिकारी, सदस्यहरु: अशोक
गुरुङ, शत्रुधन तिमिल्सिना, निरज कुँवर, शमशेर बस्नेत, दर्काश पाख्रिन,
ईश्वर राई, राजन सापकोटा, लक्ष्मी प्रसाद भण्डारी, कृष्ण मगर, मणि कुमार
राई, बिक्रम भट्टराई रहेका छन्l

कोरियाको राजधानी देखि धेरै टाढा अनि बिगत मानिने गुन्सान शहरमा
नेपालीहरुको जमात निकै बड्ढै गैरहेको अबस्थामा यहाँ रहेका नेपालीहरुलाई
ध्यानमा राखी, बिशेष गरेर प्रबासमा रहदा विभिन्न समस्या आपत बिपत आई
परेको बेला एक आपसमा सहयोग गर्न सजिलो होस भन्ने उदेस्यले स्थापना भएको
यो समुहले यहाका नेपालीहरुको लागि  निकै फाइदा जनक र उदाहरणीय काम गर्न
सफल भएको कुरा समुहका प्रमुख सल्लाहकार खगेन्द्र मगर ले बताउनु भयोl

बिगत पहिलो कार्यकालमा उपाध्यक्षको कार्यबहाल सम्हाल्नु भएको वर्तमान
अध्यक्षले गुन्सानमा रहेका नेपालीहरुले माया, सदभाव दिई पूर्ण समर्थन
जनाई अध्यक्षको जिम्मेवारी बहन गराई दिएकोमा सम्पूर्णमा धन्यवाद! आभार
गर्दै, बिगतमा भएको समुहका कमि कमजोरी लाई सुधार गरि नया कार्यकालमा निकै
शसक्त र कर्तब्यनिस्ठ भएर काम गर्ने  बताउनु भएकोछl

No comments:

Post a Comment