नमस्ते नेपाल कोरिया संवाददाता
पाकिस्तानको जिन्ना स्टेडियममा बुधबार भएको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई ८-० गोलको हरायो। नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई खेलभर दबावमा राख्यो।
नेपालको जितमा सजना राना, अनु लामा र दीपा अधिकारीले दुईदुई गोल गरे। मेनुका गिरी र सावित्रा भण्डारीले पनि एकएक गोल थपे। खेलको प्रारम्भमै गोल गर्ने अवसर बनाएको नेपालका लागि १० औं मिनेटमा सजनाले खाता खोलिन्। दोस्रो गोल २२ औं मिनेटमा मेनुकाले गरिन्। अनुले ३६ औं र ३७ औं मिनेटमा लगातार तेस्रो र चौथो गोल गरेकी थिइन्। सजनाले पहिलो हाफको अतिरिक्त समयमा पाँचौं गोल थपिन्।
समूह 'बी' को पहिलो खेलको हाफमा ५-० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो। छैटौं गोल ६० औं मिनेटमा दीपाले गरिन्। दीपाले ८४ औं मिनेटमा अर्को गोल थपेकी थिइन्। सावित्राले ८८ औं मिनेटमा आठौं गोल गरिन्। छरितो पास र आकर्षक फिनिसिङ गरेको नेपाली टोलीले खेलभर गोल गर्ने डेढ दर्जन अवसर बनाएको थियो। भुटानले भने गोल गर्नलायक अवसर समेत बनाउन सकेन।
समूह 'बी' मा रहेको नेपालले समूहको दोस्रो खेल शुक्रबार पाकिस्तानसँग खेल्नेछ। नेपालले तेस्रो खेल आइतबार श्रीलंकासँग खेल्नेछ। नेपाली महिला टोलीले सिनियर समूहमा भुटानसँग पहिलोपटक प्रतिस्पर्धा गरेको हो। नेपाली टोलीले यसअघि भुटानसँग एएफसी यु-१४ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपालले भुटानलाई ९-० गोलको फराकिलो अन्तरले हराएको थियो।
लिग चरणको समाप्तिपछि समूहका उत्कृष्ट दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल खेल आगामी मंगलबार हुनेछ। च्याम्पियनसिपमा सहभागी टोलीमध्ये साविक विजेता भारत, अफगानिस्तान, बंगलादेश र मालदिभ्स समूह 'ए' मा रहेका छन्।
दक्षिण एसियाली राष्ट्रमा महिला फुटबलको स्तर वृद्धि गर्ने उद्देश्यले सन् २०१० देखि महिला साफ च्याम्पियनसिप सुरुआत गरिएको हो। च्याम्पियनसिपको पहिलो र दोस्रो संस्करणको उपाधि भारतले जितेको थियो। दुवै संस्करणमा नेपाल उपविजेता बनेको थियो।

No comments:
Post a Comment