Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, November 17, 2014

कोरियाको संघसंस्थालाई नेपाल हाउस समितिको अनुरोध

नमस्ते नेपाल कोरिया संवाददाता 

दक्षिण कोरियामा रहेका नेपालीहरुको आफ्नै घर बनाउने साझा अभियानका लागि आयोजना हुन लागेको बृहत छलफल कार्यक्रममा उपस्थित हुनका लागि नेपाल हाउस व्यवस्थापन समिति कोरियाले सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गरेको छ । नेपाल हाउसका लागि मासिक शुल्क तिर्नुपर्ने हालको अवस्थाबाट मुक्त हुनका लागि एनआरएन कोरियाले नेपाल हाउस व्यवस्थापन समिति गठन गर्दै १० करोड कोरियन वनको कोष बनाउने अवधारणा अगाडि ल्याएको हो । “हाल मासिक १५ लाख कोरियन वन भाडा नेपाल हाउसका लागि तिर्नुपरेको छ । १० करोड कोरियन वन रकम संकलन गर्न सके मासिक भाडा तिर्नुनपर्ने गरी नेपालीहरुको साझा घर बनाउन सकिन्छ ।” भन्दै एनआरएन कोरियाका अध्यक्ष तथा नेपाल हाउस व्यवस्थापन समिति संयोजक विनोद कुँवरले कोरियामा रहेका सम्पूर्ण संघसंस्थाका अध्यक्ष र सचिवलाई बृहत छलफल कार्यक्रममा अनिवार्य उपस्थित हुनका लागि अनुरोध गर्नुभयो ।
नेपाल हाउसका लागि कोरियामा रहेका व्यवसायीहरुबाट झन्डै १ करोड वन बराबरको प्रतिवद्धता आइसकेको छ । थप रकम यही आउँदो कोरियालीहरुको नयाँ वर्ष सलनालमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर संकलन गर्ने उदेश्य रहेको छ । सोही उदेश्य प्राप्तिका लागि कोरियामा रहेका सम्पूर्ण संघसंस्थाहरु हातेमालो गर्दै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा नेपाल हाउस व्यवस्थापन समितिको रहेको छ ।

कार्यक्रम हुने स्थान :  नेपाल हाउस
मितिः २३ नोभेम्बर २०१४
समयः दिनको १ बजे

No comments:

Post a Comment