Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, November 21, 2014

विश्वमा अंग्रेजी भाषामा पुरुष भन्दा महिला निपुण ....

कृष्ण पुरी ,दक्षिण कोरिया 
-विश्वमा अंग्रेजी भाषामा पुरुष भन्दा महिला निपुण
विश्वमा महिलाहरु  सामान्यतया विदेशी भाषा अंग्रेजी सिक्न पुरुषहरू भन्दा कुशल र निपुण रहेको एक सर्वेक्षणले देखाएको छ l  EPI (English Proficiency Index) ले विश्वव्यापी रुपमा ६३ देश तथा प्रान्तहरु समेटेर ७ लाख ५० हजार किशोर किशोरीहरुमा  हालै गरेको एक सर्वेक्षण अनुसार  औसतमा अंग्रेजी निपुणतामा  पुरुष भन्दा महिलाको तथ्यांक दर बढी देखिएको  छ l जसमा औशत  महिलाको स्कोर ५३.५३ प्रतिशत छ भने पुरुषको स्कोर ५०.७५ प्रतिशत रहेको छ l

उक्त तथ्यांकअनुसार बिश्वब्यापी रुपमा  ६९.३० औशत  प्रतिशत स्कोरले डेनमार्कका किशोर किशोरीहरु बिदेशी भाषा अंग्रेजी कुशल र निपुणतामा  उच्च स्तरमा परेका छन् भने नेदरलैंड (६८.९८%) , स्वीडेन(६७.८०%) ले क्रमश त्यसपछि छन् l त्यसपछि  क्रमश चौथो ,पाचौ छैटौमा फिनल्याण्ड , नर्वे र पोल्याण्ड छन्।
एसियन देशहरुमा भने  अंग्रेजी स्तर अलि कम देखिएको छ l एसियाको स्कोर दर ५१.२१% अनुसार  महिलाको स्कोर  ५१.५८% छ भने पुरुष ५०.६७% रहेको छ l एसियन देशहरुको तुलनामा भने  मलेसिया सबभन्दा अगाडि  ५९.७२% स्कोर दरका साथ विश्वको १२ स्थानमा रहदै  र त्यसपछि  सिगापुर (५९.५८%)  १३ औ स्थानमा रहेको छ ।    दक्षिण कोरिया २४ औ स्थानका साथ्  औशत स्कोर ५३.६२ % मा महिलाहरु ५४.१८% र पुरुष ५२.८३% रहेको छ l २५ औ स्थानमा भारत छ भने  २६ औ मा जापान र ३७ औ मा चिन  छ ।  नेपाल भने यस ६३ देशहरुको सर्बेक्षणमा समाबेश गरिएको छैन ।

उच्च स्तरमा  टप टेन (Top Ten ) देशहरुमा  सबै युरोपका नै रहेका छन् भने ज्यादै न्युन स्तर भएकामा  प्राय सबै ल्याटिन अमेरिका, मध्य पूर्व र उत्तर अफ्रिका थिए।

No comments:

Post a Comment