Thursday, October 30, 2014

परदेशीको तिहार

 नमस्ते नेपाल कोरिया संवाददाता  ।
शनिबारको दिन बिस्तारै  रात छिप्पिंदै थियो ।  एक हुल युवाहरु योङइनबाट भिलेज रिसोर्ट तर्फ उक्लिँदै थिए । शहरबाट गाउँ पसेको आभाष दिने ठाउं ।  वरिपरि असंख्य फुल फुले झैं देखिथ्यो ।  भिडभाड बाक्लिदै थियो ।
दिदीबहिनीहरु थालीमा  सप्तरंगी टिका ,सेल रोटि तयार गर्दै थिए । रिसोर्टको बाहिरपट्टि केहि युवाहरु गफिंदै मासु पोल्दै  थिए । एक्कासी युवाहरु बसेको एउटा कोठामा छिर्दै डम्बर सुब्बा  ' क कसको उमेर कति हो ?भाइको अनि भाई को नि  एक एक गर्दै सोध्दै मेरो पछि तिम्रो पालो 'भन्दैं थिए ।

चेलीले माइतीलाइै पुज्ने पर्वको रुपमा मनाइने तिहारमा टिका लगाउन नेपाली दाजुभाईहरु लामबद्द भएका थिए ।  उमेरको आधारमा जेठो पाको भएको नाताले डम्बर सुब्बाले भाइटिका ग्रहण गरेपछि अन्यले टिका लगाएका थिए । २ दर्जन बढी युवाहरुले योङइनको एक  भिलेज रिसोर्टमा शनिबार श्रद्धा लिम्बू ,तुलसा बहिहाङ,जिना लिम्बू र निला राईको हातबाट टिका लगाए ।टिका लगाई सकेपछि खानपिनमा जुटेका सबैले आ आफ्नो परिचय संगै देउसी ,भैलो खेल्दै विभिन्न परिकार सेलरोटि,अचार ,खसीको मासु खाँदै रमाएका थिए ।
 धरान कोरिया सहयोग समितिका अध्यक्ष  तथा भाइटिका ब्यबस्थापन प्रमुख डम्बर सुब्बाले उपस्थित युवाहरुलाई गित गाउन आग्रह गरे संगै दिनेश सिंगक लिम्बुले आधुनिक गितबाट  माहोललाई तताए ।  सुब्बा जोसिदैं  'एेश्वर्य भाइको पालो  कुखुरी काँ ।' ऐश्वर्य कमेडी पारामा ' ए हो गाउने नैं होर ठिकै छ नि त ' भन्दैं   गाउन थाले  । 'हरमा हर  ए कान्छा दोन मानि फर, कुखुरी कां ' लगायतका गीत प्रस्तुत गरीरहदां  दिदीबहिनी,दाजुभाईहरु छमछमी नाचिरहेका थिए ।

रात चिसिंदै गएपनि १२ बजे सम्म नाच्दै, नचाउदै दिनेश र एेश्वर्यले भरपुर मनोरंजन दिएका थिए भने उपस्थित सबैले साथ्  दिएका थिए ।

No comments:

Post a Comment