Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, October 19, 2014

वोमेन फर वोमेनको अध्यक्षमा मल्लिका थकाली श्रेष्ठ (फोटो फिचर सहित )

नमस्ते नेपाल कोरिया संवाददाता  | 
 दक्षिण कोरियाको राजधानी सउलमा  १९ अक्टोबर तारिक आइतबारका दिन   महिलाहरुको साझा संस्था वमन फर वमनको   तेश्रो अधिवेशनमा  सहमतिका आधारमा मल्लिका थकाली श्रेष्ठ अध्यक्षमा चुनिएको छ ।
अबिधेशनमा अध्यक्षको निम्ति लक्ष्मी गुरुङ्ग र मल्लिका थकाली र सचिब पदका लागि शान्ति लामा र ऋृती श्रेष्ठको उम्मेदबारी दर्ता भएतापनि अन्तिम समयमा आएर सहमतिका आधारमा पधादिकारी चयन गरिएको थियो । सो अधिवेशनबाट उपाध्यक्षमा गौरी बोगटी र कुशला क्षेत्री, सचिवमा रितु श्रेष्ठ, कोषाध्यक्ष पदमा श्रेष्ठ, सह(कोषाध्यक्ष देवी ज्ञवाली रहेका छन् । सदस्यमा सावित्री बोगटी रहेकी छिन भने थप सदस्यहरु नयाँ समितिले चयन गर्नेछ ।

वोमेन फर वोमेन  कार्यक्रममा प्रमुख अतिथि दक्षिण कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा एनआरएन अध्यक्ष विनोद कुवर, नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राई, संस्थाका सल्लहाकार गगां थापा श्रेष्ठ, कोपिला राई, नेपाली प्रवासी मञ्चका अध्यक्ष गोविन्द गाउले, जनसम्पर्क समितिका उपाध्यक्ष गिरीराज कुवर, जनधिकार मञ्चका अध्यक्ष सागर न्यौपाने पत्रकार महासंघका अध्यक्ष अशोक मैनाली, आदिबासी जनजाती महासंघका अध्यक्ष भक्त शेरचन लगायत विभिन्न संघ संस्थका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

निवर्तमान अध्यक्ष जुनु गरुङ्गको सभापतित्वमा सम्पन्न भएको पहिलो चरणको कार्यक्रममा स्वागत मन्तब्य कोपिला राईले दिएकी थिइन भने कार्यक्रमलाई मल्लिका थकालीले सञ्चालन गरेकी थिइन ।  कार्यक्रममा महिलासंस्था लाई सहयोग गर्ने कोरियामा रहेका विभिन्न सामाजिक संस्था तथा विभिन्न ब्यक्तिहरुलाई उच्च मुल्यांकनको कदर गर्दै सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एनआरएन अध्यक्ष विनोद कुवर, नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राई, संस्थाका सल्लहाकार गगां थापा श्रेष्ठ, कोपिला राई, लक्ष्मी गुरुङ्ग, नेपाली प्रवासी मञ्चका अध्यक्ष गोविन्द गाउले, जनसम्पर्क समितिका उपाध्यक्ष गिरीराज कुवर, जनधिकार मञ्चका अध्यक्ष सागर न्यौपाने पत्रकार महासंघका अध्यक्ष अशोक मैनाली, आदिबासी जनजाती महासंघका अध्यक्ष भक्त शेरचनले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

No comments:

Post a Comment