गोपाल अधिकारी -गुन्सन ,द. कोरिया ।
२१ अक्टोबर २०१४
द. कोरियाको गुन्सानमा १९ अक्टोबर आइतबार बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
द. कोरियामा रहेका बिद्द्यार्थिहरुको समूह SONSIK को आयोजना , भ्यू अफ नेपलिज ग्रुप गुन्सान र ओसिक्दो माइग्रेन्ट सेन्टर को व्यवस्थापन , ई.पी.एस.युथ नेपाल र हाम्रो जीवन हाम्रो सोचको संयुक्त प्रयास र सहयोगमा सम्पन्न उक्त कार्यक्रम ऐतिहासिक र जानकारीमुलक रुपमा सफल भएको कार्यक्रमका सँयोजक तथा भ्यू अफ नेपलिज ग्रुप गुन्सानका अध्यक्ष दिपक खड्का ले जानकारी गराउनु भयो ।
दुई सत्रमा सम्पन्न सो कार्यक्रम को उद्घाटन सत्रको सभापतित्व SONSIK का सभापती बिमल सुबेदीले गर्नुभएको थियो भने संचालन भ्यू अफ नेपलिज ग्रुप गुन्सानका सचिव शालिक न्यौपानेले गर्नुभएको थियो । प्रमुख अतिथि देवी बहादुर बस्नेत ले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको सो कार्यक्रममा भ्यू अफ नेपलिज ग्रुप गुन्सानका अध्यक्ष तथा कार्यक्रम सँयोजक दिपक खड्का ले शुभकामना मन्तव्य तथा SONSIK उपाध्यक्ष काशी राज भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो ।
दुई चरणमा भएको दोश्रो सत्र को पहिलो चरणको सहजकर्ता सन्जीब हुमागाई ले संचालन गर्नुभएको थियो भने बक्ता ड़ा. रत्न थापा र देवी बहादुर बस्नेत ले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपालमा कृषि क्षेत्रमा गर्नसकिने लगानीका सम्भावना हरु को बारेमा परिचर्चा गर्नुहुदै रत्न थापा ले नेपालको बिकास गर्ने हो भने कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा लगानीका सम्भावनाहरु , जोखिम हुने क्षेत्रहरु ,जोखिम न्यूनीकरण र लगानी सुरक्षित कसरी गर्ने भन्ने बारेमा बताउनु भएको थियो ।
त्यस्तै प्रमुख अतिथि देबी बहादुर बस्नेत ले छरिएर रहेको सीप , श्रम र पूंजी लाई सामुहिक रुपमा प्रयोग गरेर लगानी गर्ने हो भने द.कोरियाको दाँजोमा नेपालको बिकास हुन धेरै समय नलाग्ने बताउनु भयो ।
दोश्रो चरणको समन्वय डा. जनार्दन भट्टराईले गर्नुभएको थियो । बक्ता सिद्दिचरण बरालले बिदेशिएका नेपालीहरुको मानव अधिकार संग सम्बन्धित समस्याको बारेमा जानकारी दिनुभएको थियो । हाम्रो जीवन हाम्रो सोचका निर्देशक राज संसार श्रेष्ठले बिकासको पहिलो खुड्किलो सकारात्मक सोच रहेको बताउनुभयो । नेपाल अवश्य बन्छ र हाम्रो जीवनकालमा बन्छ भन्दै नेपाल हामीले नै बनाउनु पर्छ भन्नुभयो । अबको युग सुचना र प्रविधिको युग रहेकोमा सामुहिक सोचका साथ् सदुपयोग गरेमा देश बन्न केहि बेर नलाग्ने बताउनुभयो । बिनोद सुबेदी ले लगानीका क्षेत्रहरु र सम्भावनाहरुको बारेमा जानकारी दिनुभएको थियो . कलाकारद्वय नाम्ग्यल लामा , लक्ष्मी भण्डारी र कृष्ण मगर ले सांगीतिक कोसेली प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अर्को चरणमा ऊपस्थित बक्ताहरु र सहभागीहरु बीच अन्तरक्रिया भएको थियो . सहभागीहरु ले सोधेका प्रश्नहरुको उत्तर सम्बन्धित बिज्ञहरुले दिनुभएको थियो ।
कार्यक्रममा सहभागी नेपाली साथिहारुको उत्साहजनक प्रतिक्रिया ले कार्यक्रम सफल भएको जनाउदछ । बुसान बाट आउनु भएको रवी राईले नेपाल फर्केपछी के गर्ने भन्ने बारेमा आफू स्पष्ट हुन कार्यक्रमले सहयोग गरेको बताउनुभयो । स्टील कम्पनीमा कार्यरत अनन्त न्यौपानेले नेपाल फर्केर लगानी गर्न आफू उत्साहित रहेको बताउनु भयो ।
गुन्सानमा कार्यरत सुरज गुरुङ ले नेपालीहरुको उत्साह बढाउने खालका यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने बताउनु भयो । सहभागीहरु ले कार्यक्रम आयोजना र ब्यवस्थापन गर्ने संस्थाहरु प्रति धन्यबाद व्यक्त गर्नु भयो

No comments:
Post a Comment