Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, October 30, 2014

कोरियामा "रोधी ब्याण्ड" को देउसी भैलो तथा दोहोरी साँझ कार्यक्रम सम्पन्न [ फोटोफिचर सहित ]

नमस्ते नेपाल कोरिया संवाददाता 
नेपालीको दोश्रो महान चाड शुभ दिपावली (तिहार ) को अवसर पारेर अक्टोबर 25 तारीख मा कोरियाको दोङ्दुचन स्थित काठमाण्डौं रेष्टुरेन्टमा "रोधी ब्याण्ड" ले आयोजना गरेको देउसी भैलो तथा दोहोरी साँझ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रम को सुरुवातमा ब्याण्डका सम्पुर्ण कलाकारहरुलाई रेस्टुरेन्टका प्रो. मनोज डाँगीले मखमली फुलको माला लगाइदिएर स्वागत गर्नुभएको थियो l कार्यक्रम निर्धारित समय अनुसार ८ बजे नै सुरु भै रातिको ३:३० सम्म चलेको थियो।

कार्यक्रममा ब्याण्डको तर्फबाट कार्यक्रम संचालक अर्जुन गुरुङले ब्यान्डका अन्य सहकर्मी कलाकारहरुको परिचय गर्दै समष्टीमा सम्पूर्ण रोधी ब्याण्डको तर्फबाट उपस्थित सबै लाई दिपावली को शुभकामना दिएर कार्यक्रम सञ्चालन गर्दा हलमा संगीतका भोगी दर्शकहरूबाट तालीको गुञ्जयमान भएको थियो। ब्याण्डका संगीतकर्मी कलाकारहरू अक्टा प्याड ड्रम - दिलीप गुरुङ , किबोर्ड - देबेन्द्र छन्त्याल, बाँसुरी - शिवन मगर र मादलमा - लक्ष्मी प्रसाद भण्डारीले तिहारको धुन प्रस्तुत गरि महौललाई तिहारमय बनाएको थियो l एकल प्रस्तुतिबाट कार्यक्रम शुरु गरी विभिन्न लोकगीत, सालैजो, कौडा, देउडा, आधुनिक गीत र दोहोरी गीत प्रस्तुत गर्दै उपस्थित दर्शक लाई भरपुर मनोरन्जन दिदै छमछमी नचाएको थियो। उपस्थित दर्शकले पनि ब्याण्डका प्रतिभाशाली गायिकाहरु ( सरु पौड्याल र धनु गुरुङ ) सँग दोहोरी गाउदै सँगसँगै कम्मर मर्काए। 

कोरियामा नेपालीहरुको थकित मनलाई बिभिन्न गीतसंगित मार्फत केहि शितलता प्रदान गर्ने र नेपाली रिति-रिवाज, मौलिक संस्कृतिको झल्को मेटाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको रोधी ब्याण्डका संगीत संयोजक दिलीप गुरुङले बताउनु भयो। कार्यक्रममा उपस्थित समाजसेवी मनिराज चेम्जोङ ले ब्याण्डको प्रस्तुतिले आफू निकै प्रभावित भएको भन्दै कलाकारहरूलाई बधाई तथा शुभकामना दिनु भएको थियो।
कार्यक्रमको अन्त्यतिर बिट मर्ने क्रममा देउसी भैलो खेलिएको थियो। देउसी भैलोमा रेस्टुरेन्टको तर्फ बाट संचालक मनोज डाँगीले सेलरोटी, फलफूल तथा विभिन्न मिष्ठान परिकारको साथमा आर्थिक सहयोग पनि प्रदान गर्नुभएको थियो। त्यसैगरी नेपाली दोङ्दुचन समाजका अध्यक्ष रमेश गिरी ले समाजको तर्फबाट पनि ब्याण्डको हौसला स्वरुप आर्थिक सहयोग प्रदान गर्दै उपस्थित सबैलाई दिपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो ।रोधी ब्यान्ड लाइ आगामी दिनहरुमा सफलताको शुभकामना दिदै आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। कार्यक्रममा बोल्दै गायिका सरु पौड्यालले बिदेशी भूमिमा पनि दाजुभाईसंग भाइटीका लगाई गाउदै, नाच्दै रमाइलो गर्दा नेपालमै रहेको अनुभब भएको बताउनुभयो र यो क्षण आफुले नभुल्ने बताउदै उपस्थित सम्पूर्णलाई पनि नभुल्न अनुरोध गर्नुभयो l कार्यक्रम आफुहरुले सोचेभन्दा नि सफल भएको र आगामी कार्यक्रम दर्शकको इच्छा , चाहना अनुसार परिमार्जित गर्दै प्रस्तुत हुने ब्याण्डका गायक देबेन्द्र छन्त्यालले भन्नुभयो l अर्का बहुप्रतिभाशाली गायक तथा कार्यक्रम संचालक अर्जुन गुरुंगले कोरियामा रहेका बिभिन्न संघ संस्था वा जो कसैले पनि कार्यक्रम को आयोजना गरि रोधी ब्याण्डलाई सम्झनु चाहेमा " रोधी ब्याण्ड " उपस्थित हुने बताए 

No comments:

Post a Comment