Map of Major Natural disaster
Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.
Monday, October 27, 2014
नर्वेमा नेपालीले लगाए भाइटीका
ऐश्वर्य श्रेष्ठ,कोरिया ।
नेपालीहरुको महान चाड दिपावलीको अवसरमा नेस्को नर्वे र हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेले संयुक्त रुपमा भाइटीका लगाएका छन् ।
नर्वेको राजधानी ओस्लोमा भाइटीकाको दिन क्रिंग्सो स्टुडेन्ट भिलेजको किवी हलमा ७५ जना नेपालीहरु र केहि नर्वेजियन पाहुनाहरुका साथमा भाइटीका लगाएका हुन ।नेस्को नर्वेका सचिव केशव पुरीले सञ्चालन गरेको सो कार्यक्रमको शुरुवात लोकनाथ शर्मा र अनिता कोइरालाले देउसी गीत भट्याएर गरेका थिए । उपस्थित नेपालीहरुले टीका लगाउनका साथैं एकआपसमा खुशी साटा साट गदैं नेपाली गीतहरुमा नाचेर मनोरन्जन गरेका थिए ।
नर्वेका विभिन्न शहरहरु नार्भिक, ओस, स्ताभान्गर र पोर्तुगलमा वसोवास गर्ने नेपालीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा उपस्थित नेपालीहरु सेलरोटी, पुलाउ, चिकेन, जेरी लगायतका खानाको स्वाद चाख्दै बिङ्गो खेलमा रमाएका थिए ।
साथै नेस्को नर्वेको भिडिओ शुभकामना सन्देश टेलिभिजनबाट प्रशारण गरिदिनु भएकोमा नेपाली वेभ टेलिभिजन दक्षिण कोरियालाई सचिव पुरीले हार्दिक धन्यवाद दिएका थिए।
Labels:
mixnews
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment