Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, September 1, 2014

कोरियाबाट सुनकोसी पीडितलाई १९ लाख रुपैंया

देवेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया 
 दक्षिण कोरियामा रहेका नेपालीले सुनकोसी बाढी पहिरो पीडितलाई १९ लाख रुपैयाँ सहयोग गरेका छन्। कोरियाका ४० भन्दा बढी संघ-संस्था तथा समुदायको प्रयासमा १ करोड ३७ लाख वन अर्थात् करिब १३ लाख ५० हजार रुपैयाँ र अन्य दुई संस्थाले ५ लाख ७० हजार संकलन गरेका हुन्।

दक्षिण कोरियाका लागि नेपाली राजदूत कमासिंह लामाको उपस्थितिमा आइतबार सोलमा पत्रकार सम्मेलन आयोजना गरी एनआरएन अध्यक्ष विनोद कुँवरलाई रकम हस्तान्तरण गरिएको हो। आर्थिक सहयोग जुट्नेक्रम जारी रहेकाले एकमुष्ठ रकम नेपाल पठाइने कुँवरले बताए। एनआरएन कोरियाको संयोजकत्वमा आर्थिक सहयोग समिति गठन गरिएको थियो।

त्यस्तै ठकुरी समाजले कोरियाले ४ लाख ७० हजार रुपैयाँ संकलन गरको जनाएको छ भने आदिवासी जनजाति पत्रकार महासंघ कोरियाद्वारा सञ्चालित अनलाइन खबर फोनिज कोरिया डटकमले १ लाख रुपैयाँ संकलन गरेको जनाएको छ।

दुवै संस्थाले सहयोग रकम यहाँबाट आफ्नो प्रतिनिधिमार्फत सरकारलाई बुझाउने तयारी गरेको बताएका छन्। कोरियामा सुनकोसी बाढी पीडितका लागि आर्थिक सहयोग अभियान विभिन्न संस्थाले चलाएका छन् ।

No comments:

Post a Comment