Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, August 18, 2014

सामसुङले अन्र्तराष्ट्रिय ओलम्पिकको प्रायोजन गर्ने

ऐश्वर्य श्रेष्ठ,सउल
सामसुङ मोबाइल कम्पनीले अन्र्तराष्ट्रिय ओलम्पिक खेलको प्रायोजन गर्ने भएको छ ।आइतबार भएको अन्र्तराष्ट्रिय ओलम्पिक समितिसंग संझौंतामा सामसुङले सन २०२० सम्मको  ओलम्पिकको प्रायोजन गर्ने भएको हो ।

संझौंता अनुसार सामसुङले दक्षिण कोरियाको प्योंगचांगमा सन २०१८ तथा २०२०मा जापानको राजधानी टोकियोमा हुने अन्र्तराष्ट्रिय ओलम्पिकको प्रायोजन गर्ने छ ।
अन्र्तराष्ट्रिय ओलम्पिक समितिका प्रमुख थोमस ब्याच र सामसुङ मोबाइल कम्पनीका उपप्रमुख लि जेइ योंगबीच चीनको नानजींगमा भएको हस्ताक्षर अनुसार सामसुङले खेलाडीहरुलाई स्मार्टफोन,ल्यापटप,डेस्कटप कम्प्युटर लगायत विभिन्न सामाग्री प्रदान गर्ने छ ।हस्ताक्षरपछि बोल्दैं सामसुङका उपप्रमुख लि भने "सन २०२०सम्मको अन्र्तराष्ट्रिय ओलम्पिक खेलको प्रायोजन गर्न पाउंदा हामी ज्यादैं नैं हर्षित छौं ।"



No comments:

Post a Comment