Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, August 17, 2014

कोरिया आउन चाहने नेपालीहरुको क्रेज बढेको बढ्यै

देबेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया 
 दक्षिण कोरिया रोजगारी गर्न आउन चाहाने नेपाली युवाहरुका लागि आर्कषण केन्द्र रहेको पुष्टि भएको छ । पांचौ कोरियन भाषाका लागि श्रावण २८ गतेदेखी ३१ गतेसम्म परेको आवेदनबाट कोरियाप्रति नेपाली युवाहरुको आर्कषण अत्यधिक रहेको पुष्टि भएको हो । एचआरडी कोरियाले असोज १० र ११ गते संचालन गर्ने परीक्षाका लागि ६२ हजार ५ सय १४ युवाले आवेदन दिएका हुन् । परीक्षाफल असोज २९ गते प्रकाशित हुने जनाइएको छ ।


यसपालीको आवेदन पांच स्थानबाट बुझाउन सकिने ब्यवस्था मिलाइएको थियो । ईपीएस शाखा नेपालले जनाए अनुसार सीतापाइला केन्द्रबाट सबैभन्दा धेरै १३ हजार ३ सय ८० आवेदन संकलन भएको थियो । यस केन्द्रमा दोश्रो दिन सबैभन्दा धेरै ४३ सय १ आवेदन आएको थियो । त्यस्तै च्यासलबाट ११ हजार ६ सय ९१ ,कीर्तिपूर १० हजार ५ सय ४८ आवेदन परेको थियो ।

उपत्यका बाहिर पोखराबाट ९ हजार ९ सय ३३ , धरानबाट ९ हजार ३ सय ७८, बुटबलबाट ६ हजार ९ सय ९४ र डडेलधुराबाट ५ सय ८८ युवाले फाराम भरेका छन् । यो बर्षको आवेदन गत बर्षको भन्दा १५ हजार ६ सयले बढी हो । २०१३ मा ४६ हजार ६ सयले आवेदन गरेका थिए भने ४४ हजार १ सयले परीक्षा दिएका थिए । यसअघि २०११ मा ५० हजार ४३ जनाले परीक्षा दिएका थिए ।

यसरी कोरियन भाषा आवेदन गर्ने युवाहरुको संख्या बढनमा दुई कारण रहेको ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोला बताउन्छन् । उनका अनुसार  देशमा  बेरोजगारी युवाहरुको संख्या बढदै जानु र  ईपीएस विश्वासनीय,स्वच्छ, व्यबस्थित , निष्पक्ष  तथा न्यून लागतमा आर्कषक कमाइका कारण नेपाली युवाहरुको कोरियन क्रेज बढेको हो । बास्तोलाले कान्तिपुरसंग भने  ‘६० हजारसम्म आवेदन पर्ने अनुमान गरेर तयारी गरेका थियौं तर ६२ हजारभन्दा बढी आवेदन आएको छ ।’

नेपालमा यसअघि चार पटक कोरियन भाषा परीक्षा भएको छ । प्रत्येक पटक आवेदकको संख्या उल्लेखनीय रुपमा बृद्धि भए पनि उतीर्ण संख्या न्यून रहेको छ । २००८ मा पहिलोपटक ३१ हजार परीक्षार्थी थिए । जस मध्ये२१.५ प्रतिशत ६ हजार ७ सय ८६ उतीर्ण भएका थिए । २०१० मा ३६ हजार २ सयले परीक्षा दिएका थिए । यो बर्ष ११.५ प्रतिशतमात्र उतीर्ण भएका थिए । यो हालसम्म कै न्यून उतीर्ण प्रतिशत हो । त्यस्तै २०११ म ३१.३ प्रतिशत अर्थात १५ हजार ६ सय ७८ उतीर्ण भएका थिए । अर्कातिर भाषा परीक्षा उतीर्ण सबै उमेरद्धार कोरिया जान पाउदैनन् । हालसम्मको तथ्यांक अनुसार भाषा परीक्षा उत्तीर्ण गर्ने मध्ये ७४.९३ मात्र प्रतिशत रोजगारीका लागि कोरिया आएका छन् ।


कोरियाले औद्योगीक उत्पादन, कृषि , मत्स्य,कन्स्ट्रक्सन र सेवा क्षेत्रमा आवश्यक पर्ने अदक्ष कामदार नेपालसहित १५ मुलुकबाट आपूर्ति गर्दै आएको छ । नेपाली कामदार भने औद्योगीक उत्पादन र कृषि  क्षेत्रमा मात्र आउने गरेका छन् । नेपाल र कोरियाबिच सन् २००७ को जुलाई २३ मा रोजगार अनुमति प्रणली एमओयूमा हस्ताक्षर भएको थियो । यो प्रणालीमार्फत २६ हजार नेपालीले रोजगारी पाइसकेका छन् ।


No comments:

Post a Comment