Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 14, 2014

भ्यू टावरबाट धरानलाई नियाल्दा

ऐश्वर्य श्रेष्ठ,सउल
सुन्दर शहर धरान माथिबाट नियाल्ने कसलाई पो रहर हुदैंन होला र । तर अब धन्दा नमान्नुहोस त्यो सपना चांडैं पुरा हुनेछ । तपार्इले विजयपुरको डांडाबाट धेरैंचाटी धरानलाई हेर्नुभयो होला ।कहिलेकाही लागेको पनि होला सुन्दर नगरी धरानलाई एउटा अग्लो टावरबाट नियाल्न पाउ।सपना देख्न सबैंलाई छुट छ ।

धरान भ्यु टावरको चित्र 


यसरी नैं सोच्ने र सपना देख्ने मध्येका एक व्यक्ति हुन् डम्बर सुब्बा।जो लामो समयदेखि दक्षिण कोरियालाई कर्मथलो बनाएर आफु जन्मेको माटोप्रति सर्मिपत हुदैं आएका छन् ।आफु जन्मे हुर्केको ठाउंको विकासको बारेमा कुनैबेला धरानका एक बरिष्ठ पत्रकारभवानी बरालसंग कुरा गरेका थिए सुब्बाले धरानको पर्यटन र विकासमा कसरी टेवा पुरयाउन सकिन्छ ? दुई जनाको निष्कर्ष निक्लियो धरानमा एउटा भ्यू टावर निर्माण गर्ने।त्यही छलफलले अब साकार पाउने भएको छ ।
              यो छलफल धरान नगरपाकिासंम पुग्यो र यो कुरामा नगरपालिका सकारात्मक बनेपछि धरान कोरिया सहयोग समितिको पहलमा धरानको आन्तरिक पर्यटन प्रर्वद्धन गर्न धरान भ्यू टावर बन्ने सुनिश्चित  भएको हो ।टावर निर्माणमा नगरपालिकाले साथ दिदैं जग्गा उपलब्ध गराउनको साथैं बजेट समेत विनियोजन गर्ने भएको छ ।विजयपुर १४ मा जग्गा उपलब्ध गराउने निचिश्त भएको धरान कोरिया सहयोग समितिका अध्यक्ष डम्बर सुब्बा बताउछन् ।नगरपालिकाले जग्गा ,बजेट र नक्शा तयार पारेपछि चांडै नैं काम अघि बढने सुब्बाको विश्वास छ ।टावर निर्माणसंगै विभिन्न पक्षमा फाइदा रहेको औंल्याउदै सुब्बा भन्छन्
 " पर्यटन प्रर्वद्धन, व्यापार वृद्धि लगायत युवाले रोजगारीसमेत पाउने छन् । "
                   धरान कोरिया सहयोग समितिले यो नैं पहिलो काम गर्न लागेको भने होइन् यसअघि पनि सहयोगस्वरुप एम्बुलेन्स,लत्ताकपढा, अनाथ आश्रमलाई नगद समेत यसअघि  डोनेसन गरिसकेको छ।तर यसपटक भने धरान भ्यू निर्माण नैं किन त भन्दा अध्यक्ष सुब्बा भन्छन् "भोलीका सन्ततिले समेत गर्व गर्ने कुरा हो विकासको बाटो आफैंले खन्नुपर्छ।हामीले राम्रो कामको शुरुवात गरेउ भने त्यसको सिको आउदो पिढीले नी गर्छन् ।किन सरकारको मात्र मुख ताक्ने हाम्रो क्षमताले भ्याएसंमको काम हामी पनि गरौं भन्न खोजेको हो ।"

टावर निर्माण सहयोगार्थ धरान कोरिया सहयोग समिति दक्षिण कोरियाले बुढासुब्बा सांगीतिक सौगातको  आगामी सेप्टेम्बर ७ तारिखमा नेपाली कलाकार भित्रयाएर सउलमा भव्य कार्यक्रमको आयोजना गदैंछ । कोरियाका महान पर्व  छुसकको अवसर पारेर चर्चित पप गायक सविन राई,नेपाल स्टार विष्णु चेम्जुङ, हास्यकलाकार तक्मे बुढो अर्थात विल्सन वित्रम राई,  लोकगायिका ज्योति थापा मगरले विषेश मनोरञ्जन प्रदान गर्नेछन् ।साथैं यस कार्यक्रमलाई उर्जा भर्न स्थानीय  नृत्याङ्गानाहरू रोशना केसी र पूणिमा गुरुङले पनि दर्शकलाई नचाउने छन् , भने सुदिप बमजन , रुपेन लामा ,दिप्लक लिम्बु ,एलिया तामांग र स्थानीय ट्रिनिटी ब्यान्डले थप मनोरञ्जन दिनेछन्। सो कार्यक्रमबाट उठेको रकम टावर निर्माणमा खर्च गरिनेछ ।

 धरान भ्यू टावर निर्माणमा कोरियामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुले ५० हजार कोरियन वन वा  सो भन्दा माथि सहयोग गरी आफनो नाम सिलालेखमा लेखाउन सक्नेछन् ।तपाईले गरेको सानो सहयोगले दोस्रो सफा नगरपालिकाको अवार्डप्राप्त धरानलाई अझ सुन्दर पार्नेछ । आफनो नाम धरान भ्यू टावरको सिलालेखमा लेखी भोलीका सन्ततिले हेरी गर्व गर्न सकुन् ।यो एउटा महान कार्यमा कोरियामा रहेका धरानबासीको सहयोग महत्वपुर्ण हुनेछ ।
जसरी हङकङमा रहेका धरानवासीले धरान घण्टाघर निर्माण गरे त्यसरी नैं आफनो छुटटै पहिचान निर्माणका लागि अघि बढीरहेको धरान कोरिया सहयोग समिति दक्षिण कोरियालाई तपार्इको सानो सहयोग र सल्लाहको खांचो छ।बुढासुब्बा सांगीतिक सौगातको  आगामी सेप्टेम्बर ७ तारिखमा हुने कार्यक्रमलाई हेरीदिएर समेत तपाईले अप्रत्यक्षरुपमा सहयोग गर्न सक्नुहुनेछ।

आउनुहोस यो कार्यलाई सफल पार्न हातमा हात मिलाउ ।हामीले कमाएको केही रकमको आफनो ठाउ निर्माणमा नि खर्च गरौं। हामी बांच्ने आधार त्यही हो जुन हामी समाज ,देश निर्माणमा आफनो सोंचको लगानी गछौं।हाम्रो गाउंठाउं कसैले आएर बनाइदिदैन।यो सुभकार्यमा ढिला नगरौं ।भनाइ नै छ नी 'हामीले नगरे कस्ले गर्ने, आज नगरे कहिले गर्ने ?'

No comments:

Post a Comment