Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, August 24, 2014

कोरियाको सेवल जहाज घटनाका पीडित भोक हड्तालमा

मञ्जु गुरुङ | सउल, दक्षिण कोरिया
कोरियामा गत अप्रिल २५ तारिख समुन्द्रमा डुबेको सेवल पानी जाहाजमा मरेकी किम यू मिनकी पिता किम यङ ओ भोक हड्तालमा उत्रेका छन् । ४२ दिनदेखि निराहार अनसनमा बसेका किमको स्वास्थ्य कमजोर देखिन थालेपछि ३८ औ दिनमा उनलाई अस्पताल भर्ना गरिएको छ । हाल उनलाई अस्पतालमा स्लाइन पानी दिए पनि अन्न खाएका छैनन् । उनी सेवल घटनाको छुट्टै विषेश कानुन बनाउन माग गर्दै भोक हड्तालमा बसेका हुन् ।
सउल जहाज घटनाको विस्तृत अध्ययन गरी सम्लग्न सम्पूर्ण दोषीलाई कारवाही गर्न विशेष कानुन बनाउन मृतकका परिवारहरुले माग गर्दै आएका छन् । जुलाई १४ बाट घटनमा मृतकका परिवारहरु १४ जना भोक हड्तालमा बसेका थिए । तर विस्तारै एक एक जनाले हड्ताल छोड्दै गए पछि हाल उनी मात्रै लगातार आमरण अन्सनमा बस्दै आएका छन् ।

किमले आमरण अनसन बसेको ३८ औ दिन राष्ट्रपति पार्क गुन हेसंग टेवल वार्ता गर्न राष्ट्रपति भवन जान खोज्दा प्रहरीद्धारा रोकिएको थियो । विपक्षी दलका नेता र विभिन्न ट्रेड युनियन, प्राध्यपक, कानुन व्यवसायी , साहित्यकर्मी, कलाकार र विद्यार्थीलगायत संघ संगठनको सहयोगमा उनीहरुको आन्दोलन जारी छ । अहिले राष्ट्रपति भवनको अघिल्तीर रातभर उनीहरु धर्ना र नारा जुलुसमा उत्रेका छन् । तर पनि सरकारले कुनै सुनुवाई गरेको छैन् ।

आमरण अनसनमा बसिरहेका ४७ वर्षिय किमले केही दिन अघि रोमबाट कोरिया आएका धर्म गुरु पोपलाई भेटी शान्तिको प्राथना गरिदिन ज्ञापनपत्र समेत बुझाएका थिए । पोपले पनि उनको शिरमा हात राख्दै आर्शिवाद दिएका थिए । आमरण अनसनमा जारी किमले अस्पतालको शैयाबाट नै आफ्नो माग प्रति कुनै सुनुवाई नभई भोक हड्ताल तोडेमा छोरीको लागि नालायक पिता हुनेभएकाले बाच्नुकै कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् ।

No comments:

Post a Comment