Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, August 24, 2014

कोरियाको कफी स्प्रेन्जा नेपाली बजारमा

Turn off for: Hindi
खेम कार्की ,  
कोरियाको स्प्रेन्जा कफि नेपाली बजारमा आएको छ । नेपालको लागि आधिारिकि विक्रेता नेपाल योंग स्टार ग्रुपले भित्रयाएको कफि काठमाण्डौ,विराटनगर,ईटहरी , धरान, चितवन ,पोखरा , बनेपा लगायत मुलुकको विभिन्न ठाउबाट विक्रि वितरण शुरु गरेको जनाएको छ ।
राजधानी रिपोर्टस क्लबमा एक कार्यक्रम विच स्प्रेनजा कफि नेपाली बजारमा भित्रयाएको जानकारी दिइएको हो । 

नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष सुररेशकुमार बस्नेत लगायत उपस्थित अतिथिहरुले कफिको विरुवामा पानी हालेर नेपालमा कफि विक्री वितरणको औपचारिक सुरुवात गरेका छन । 
नेपाल योंग स्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठले कफी पारखीहरुको विच कोरियाको स्प्रेन्जा कफि छिट्टै लोकप्रिय हुने बताएका छन । 

नेपालमा कफिको विकास गर्ने दिर्घकालीन लक्ष्यको साथ अगाडि बढेको बताए उनले भने “भविष्यमा नेपालमै कफि उत्पादन तथा प्रशोधन गर्ने कम्पनीको लक्ष्य छ । 
कार्यक्रममा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष सुरेश कुमार बस्नेतले प्रवासबाट फर्किएका युवाहरुको उदाहरणीय कामको प्रोत्साहन गर्नुपर्ने बताए । युवाहरुले एकजुट भएर सिकेका सिप आफ्नै देशमा लगाएर उधोग विकासमा गर्न लागेकोमा खुसी व्यक्त गर्दै आफु र चेम्बरको तर्फबाट यस कामको लागि सहयोग हुने विचार व्यक्त गरे  । 
नेपाल रेष्टुरेन्ट तथा बार एशोशियसन (रेवान)का सचिव एकराज अधिकारीले नेपाली बजारमा कफिको एकाधिकार तोड्दै रेष्टुरेण्ट व्यवसायीलाई समेत स्प्रेन्जा कफिले सहयोग पु¥याउने बताउनुभयो । उनले नेपाल योंग स्टार ग्रुपले गरेको काम उदाहरणीय र सन्देशमुलुक रहेको बताए । 
कार्यक्रममा उपस्थित कलाकार तेन्डी शेर्पा , नेपाल पर्यटन बोर्डका कपन शाखा अध्यक्ष आनकामी शेर्पा,अपांग सेवा संघ टेन्डी शेर्पा लगायत उपस्थित व्यक्तिहरुले राम्रो कामममा सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । योग स्टार ग्रुपले नेपालमा कृषि तथा पर्यटन उधोगमा काम गर्नको लागि अध्ययन समेत गरिरहेको छ । कार्यक्रमको उपस्थितहरुले योंगस्टार ग्रुपले सकारात्मक अभियान चलाएको भन्दैे कफिको विस्तारमा शुभकामना दिएका छन । 

रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले युवाहरुको जोश जागरले गरेको कामलाई सम्पूर्ण मिडिया हरुले समेत प्रवद्र्धन गर्न सहयोग गर्नुपर्ने बताए । 
“स्वादिलो टेस्ट कफिमा बेस्ट”स्लोगन सहित नेपाली बजारमा विक्रिवितरण शुरु भएको यो कफिको खुद्रा मुल्य १५ रुपैया प्रति प्याक रहेको छ । 
चिनी , कफि र दुधको समिश्रण थ्री ईन वन तयारी कफिले समयको बचत हुनुको सस्तो मुल्यमा उपलब्ध भएको कम्पनीको दावी छ । नेपाल योंग स्टार ग्रुप कम्पनी कोरियामा काम गरी फर्केका नेपालीहरुले सामुहिक रुपमा लगानी गरी स्थापना गरी सञ्चालन गरेका हुन । 
यसै विच नेपाल योंग स्टार ग्रुपले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी अनाथ , असहायमा परेकाहरुलाई वार्षिक रुपमा सहयोग गर्ने उदघोष गरेका छन । “नेपाल योङ स्टार फाउन्डेशन” नामक कल्याणकारी कोषको स्थापना गरिएको जानकारी गराइएको छ । यो कोषमा हाल ८ लाख ५० हजार रुपैंया जम्मा भईसकेको समेत कार्यक्रम विच जानकारी गराइएको छ ।  


No comments:

Post a Comment