Sunday, August 10, 2014

कोरियामा ईपीएसको समीक्षा हुने

देवेन्द्र सम्बाहाम्फे, सउल कोरिया 
कोरियामा रोजगार अनुमति प्रणाली(ईपीएस) लागु भएको १० बर्ष भएको छ | साना तथा  मझौला उद्योगहरुमा आवश्यक अदक्ष कामदार आपूर्ति गर्न उसले सन् २००४ अगष्ट १७ बाट यो नियम लागु गरेको हो | यसअघि औद्योगीक प्रशिक्षण प्रणालीबाट कामदार आपूर्ति गर्दै आएको थियो |

दश बर्षको अवधिमा नेपाल लगायत १५ मुलुकबाट ४ लाख ५० हजारभन्दा बढी कामदार यहाँ आएका छन् | यो अवधिमा यस प्रणालीको धेरै गुणअवगुण देखिएका छन् | प्रणाली लागु भएको १० बर्ष बिति सक्दा पनि यसमा सकारात्मक सुधार हुन नसकेको एक मजदूर नेताले बताए | मजदूर सम्बन्धी सम्पुर्ण अधिकार कम्पनी मालीकमा निहित भएको हुदा प्रवासी मजदुरहरुले स्वतन्त्ररुपमा कम्पनी परिबर्तन गर्न पाउने अधिकारबाट बन्चिट रहेको ती नेताको भनाइ छ ।

ईपीएस नियमले तोकेको बिमा रकम समेत स्वदेश फर्केपछि मात्र पाउने नियम सरकारले लागु गरेको छ | कामदारले तोकिएको समय अवधि भित्र मात्र कम ज्यालामा काम गर्न बाध्य बनाइएको छ । यसै बिषयको समिक्षा गर्न  आउदो १७ तारिक आइतबार एक  पत्रकार सम्मेलन आयोजना गरिने भएको छ |

कोरियन प्रजातान्त्रिक मजदुर माहासंघ,प्रवासी मजदुर युनियन लगायतका मजदूर संगठनहरुले संयुक्त रुपमा आयोजना गर्न लागिएको सो सम्मेलन महासंघको कार्यालय सदेमुनमा हुने जनाइएको छ |

No comments:

Post a Comment