Sunday, August 10, 2014

कोरियामा धरानेहरु तातिए



ऐश्वर्य श्रेष्ठ - सउल ,कोरिया  
धरान कोरिया सहयोग समिति दक्षिण कोरियाले  छुसकमा गर्न लागेको बुढासुब्बा सांगीतिक सौगातको प्रचारप्रसारलाई  तिब्र बनाएको छ। बिभिन्न ठाउंमा पोस्टर टास्ने,स्थानीय अनलाइन पत्रिका  लगायत फेसबुकमा समेत प्रचारप्रसार अझ तिब्रता पार्ने निर्णय भएको  धरान कोरिया सहयोग समिति दक्षिण कोरियाका अध्यक्ष डम्बर  सुब्बाले जानकारी दिए ।

आइतबार अध्यक्ष सुब्बाको अध्यक्षतामा तुगंदेमुनस्थित  दर्शन नमस्ते रेस्टुरेन्टमा बसेको बैठकले सो निर्णय गरेको हो । सेप्टेम्बर ७ मा हुने  भब्य सांगीतिक कार्यकमको उधेस्य  धरानमा टावर निर्माण र  सेल्टर सञ्चालन रहेको  अध्यक्ष डम्बर  सुब्बाले बताए ।
नेपालका खातिप्राप्त पप गायक सविन राई,गायिका  विष्णु चेम्जोङ(नेपाल स्टार) ,फिल्मी कलाकार विल्सनविक्रम राई (तक्मेबूढा) , लोकगायिका ज्योति थापा मगरले आगामी छुसकमा कोरिया तताउने भएको छन्। साथै सो सांगीतिक रमझममा  स्थानीय कलाकार नृत्याङ्गानाहरू रोशना केसी र पूणिमा गुरुङले पनि दर्शकलाई नचाउने छन्  भने सुदिप बमजन , रुपेन लामा ,दिप्लक लिम्बु ,एलिया तामांग र स्थानीय ट्रिनिटी ब्यान्डले थप मनोरञ्जन दिनेछ।
छुसकको अबसरमा कोरियाको राजधानी सियोलमा आगामी सेप्टेम्बर ७ मा हुने  भब्य सांगीतिक जमघटमा  प्रवासी नेपालीलाई मनोरंजन प्रदान गर्नुको साथै  धरानको पर्यटन विकासलाई सघाउनु रहेको छ। धरानको पर्यटन प्रवर्द्धनका लागि भ्यु टावर निर्माण र सेल्टर सञ्चालनका लागि धरान कोरिया सम्पर्क समिति दक्षिण कोरियाले बुढासुब्बा सांगीतिक सौगात गर्न लागेको हो।

No comments:

Post a Comment