देबेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया
दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) को कोटा भाषा परीक्षाफल प्रकाशित गर्नुअघि मात्र निर्धारण गर्ने भएको छ। यसअघि उसले परीक्षा आवेदन संकलन गर्न अगावै कामदारको कोटा निर्धारण गर्दै आएको थियो।
ईपीएस नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार ईपीएसलाई वस्तुपरक बनाउन यो नियम लागू गरिएको हो। ‘परीक्षाफल आउनअघि कोटा निर्धारण गर्दा वस्तुपरक नदेखिएकाले कोरिया सरकारले नयाँ नियम लागू गरेको हो।’ अगाडि कोटा निर्धारण गर्दा प्रतीक्षासूचीमा धेरै संख्या रहने गरेकाले पनि यसो गरिएको उनले बताए।
भाषा परीक्षा नतिजा प्रकाशित गर्नुअघि कोरियामा नेपाली कामदारको माग, नेपाली कामदारप्रति रोजगारदाताको धारणा, रोस्टरको स्थिति हेरेर कोटा आउन सक्ने निर्देशक बाँस्तोलाले जनाए। ‘भाषा उत्तीर्ण गरेका सबै कोरिया जाने सम्भावना बढ्छ। उत्तीर्ण संख्या भने घट्न सक्छ,’ कान्तिपुरसँग फोनमा बाँस्तोलाले भने, ‘किनभने कोरियाले परीक्षाफल प्रकाशित गर्दासम्मको सम्पूर्ण स्थिति मूल्यांकन गरेर कोटा निर्धारण गर्दछ, यो वस्तुपरक पनि हुन्छ।’ आवेदन दिनुअगावै कोटा निर्धारण गर्दा एक क्षेत्रमा कामदार नपुग्ने, अर्को क्षेत्रमा बढी हुने स्थिति देखिँदै आएको थियो। कोरियाले औद्योगिक र कृषि क्षेत्रमा नेपाली कामदार लाने गरेको छ।
प्रतीक्षा सूचीमा रहेका कामदारले तोकिएको समयअवधिभित्र कोरिया आउन नपाएपछि गुनासो गर्दै आन्दोलन गरेका थिए। यस्तो आन्दोलनले ईपीएसप्रति नै नकारात्मक धारणा विकास भएको कोरिया सरकारको बुझाइ छ। यी सबै कारणले गर्दा यो नियम परिवर्तन गरिएको हुन सक्ने सोलस्थित नेपाली दूतावासका एक अधिकारीले बताए।
कोरियाले साना तथा मझौला उद्योगहरूमा आवश्यक अदक्ष कामदार नेपालसहित १५ मुलुकबाट आपूर्ति गर्दै आएको छ। नेपालमा यसअघि चार पटक भाषा परीक्षा सञ्चालन भइसकेको छ भने पाँचौं परीक्षाका लागि बुधबारदेखि आवेदन संकलन सुरु गरेको छ।
यसपालिको आवेदन फाराम काठमाडौं उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज स्ाीता पाइला, ल्याबरोटरी स्कुल कीर्तिपुर, च्यास फुटबल खेल मैदान बालकुमारीबाट र उपत्यका बाहिर धरान, बुटवल, पोखरा र डडेल्धुराबाट बुझाउन सकिने व्यवस्था गरिएको छ।
ईपीएस शाखा स्रोतका अनुसार एकदम उत्साहजनक रूपमा आवेदन फाराम संकलन भइरहेको छ। विगत वर्षहरूमा अघिल्लो दिन साँझबाट लाइन लाग्न सुरु गरेका थिए भने यसपालि अघिल्लो दिनको बिहान १० बजेदेखि नै लाइन सुरु भएको थियो। यही आधार मान्ने हो भने यसपालि ६० हजारभन्दा बढी आवेदन पर्न सक्ने अनुमान गरिएको छ। आवेदन चार दिनसम्म खुला रहेको छ भने आउँदो असोज १० र ११ गते परीक्षा सञ्चालन हुनेछ। त्यस्तै नतिजा असोज २९ गते प्रकाशित हुने जनाइएको छ।
ईपीएस विश्वासनीय, स्वच्छ, व्यवस्थित र न्यून लागतमा धेरै कमाइ हुने भएकाले पनि नेपाली युवाहरूको आकर्षण बढेको हो। कोरियामा यसै प्रणालीबाट आएका २६ नेपाली युवा कार्यरत छन्।

No comments:
Post a Comment