Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, August 9, 2014

कोरियामा नेपाल मगर संघले तेरिया मगरलाई सम्मान गर्ने

नमस्ते नेपाल कोरिया सम्वाददाता 
आउदो सेप्टेम्बर ७ तारिक छुसकको पहिलो दिनमा नेपाल मगर संघ गणतन्त्र कोरियाले डीआईडी-३ बिजेता तेरिया मगरलाई भब्य रुपमा सम्मान गर्ने भएको छ l

नेपाल मगर संघ गणतन्त्र कोरियाले आउंदो छुसकको पहिलो दिनमा गर्न गईरहेको “नेपथ्य लाईभ कन्सर्ट ईन कोरिया, साथमा लिटिल डान्स क्वीन तेरिया” नामक सांस्कृतिक  कार्यक्रममा भाग लिन आउनुहुने डीआईडी-३ बिजेता तेरिया मगरलाई कार्यक्रमको दिन संघको आयोजनामा सम्मान गर्न लागेको हुन् l संस्थाले तेरिया मगरलाइ सम्मान गर्न आदिवासी जनजाति-महासंघका महासचिब तथा बाग्लुङ्ग  सम्पर्क समिति कोरियाका उपाध्यक्ष यम श्रीस मगरको संयोजकत्वमा एक कमिटि गठन गरिएको छ l सो कमिटीमा नेपाल मगर संघ कोरियाका भू.पू अध्यक्ष खडक पुन मगर तथा मगर संघका  भू .पू  उपाध्यक्ष नर बहादुर पुन पनि रहेको छ l
छुसकमा  तेरिया मगरलाइ सम्मान गर्न चाहने दक्षिण कोरियाका क्रियाशील संघ संस्थाहरुले “तेरिया मगर सम्मान समिति”का पदाधिकारीज्यूहरुसंग सम्पर्क राख्नुहुन्  नेपाल मगर संघ गणतन्त्र कोरियाले हार्दिक अनुरोध गरेका छन् l

        तेरिया मगर सम्मान समितिका पदाधिकारीहरु
१)संयोजक याम श्रीस मगर(०१०-७६२७-२७३०) -महासचिव आदिवासी जनजाति-महासंघ,बरिष्ठ उपाध्यक्ष बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया
२) सदस्य खड्क पुन मगर (०१०-५९५८-८७६२) -भू.पू. अध्यक्ष नेपाल मगर संघ गणतन्त्र कोरिया।
३) सदस्य नर बहादुर पुन(०१०-८६८२-३५६५)-  भू.पू उपाध्यक्ष नेपाल मगर संघ तथा भू. पू. अध्यक्ष म्याग्दी समाज गणतन्त्र कोरिया।



पुनश्च- 
तेरिया मगरलाई नेपाल मगर संघले सम्मान मात्र गर्न ल्याउने हो नृत्य गर्न होईन भन्ने कपोकल्पित र भ्रमात्मक कुराहरु फैलाईएकोले तेरिया मगरले  कार्यक्रममा आफ्नो  कला र नृत्य पनि प्रस्तुत गर्नेहुनाले कोरियाबासी नेपालीहरु भ्रममा नपर्नुहुन नेपाल मगर संघको तर्फबाट हार्दिक अनुरोध गर्दछौं।



No comments:

Post a Comment