यम श्रेष्ठ ,काठमाण्डौ
नेपाल स्थित कोरियन दुताबास र कोइका (KOICA) को संयुक्त सहभागीमा आज पशुपति, तिलगंगा, क्षेत्र वरिपरि एक दिने बाग्मती सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् l
नेपालको लागि दक्षिण कोरियाली राजदुत छ्वे योङ् जिन (최용진 ) का साथै दुताबासका कर्मचारी र कोइकाका स्वयम् सेवकहरुको उपस्थित रहेको थियो l पछिल्लो समयमा कोरियामा नेपालीको संख्या बढेसंगै नेपालीहरु सँगको सामिप्यता र नेपालमा सहयोग क्रियाकलाप पनि बढाएको देखिन सकिन्छ l नेपालमा लगानी गर्न इच्छुक र सकारात्मक हुनु, नेपालिहरु सँग चाडै नजिक र घुलमिल हुनु, नेपालको बिकासको निम्ति सहयोग गर्नु, नेपालको ग्रामिण क्षेत्रमा विभिन्न उपलब्धिमुलक कार्यक्रमहरु ल्याउनु, नेपालमा कृषि सम्बन्धि अध्ययन र अनुसन्धान गरि केहि कोरियन नागरिकहरु नेपालमानै बसोबास गरि खेतीपाती गर्नु, आधुनिक प्रविधिबाट कृषि गर्न विभिन्न ठाउँहरुमा शिपमुलक तालिमहरु संचालन गर्नु, सामाजिक कार्य लगाएत ठुलो संख्यामा स्वयम् सेवक, डाक्टर, नर्स र बिषसज्ञहरु आइ निशुल्क रुपमा स्वास्थ्य शिबिर संचालन गरि स्वास्थ्य उपचारका साथै औषधि वितरण गर्नु आदि निस्वार्थ सामाजिक कार्यले पनि कोरियनहरुको नेपाल प्रति सकारात्मक झुकाब रहेको बुझ्न सकिन्छ l यसबाट सबैलाई मानबिय भावना जगाउनुका साथै कमाइको केहि अंश सामाजिक कार्यको लागि पनि छुट्याउनु पर्छ भन्ने संदेश प्रवाह भएको छ l



No comments:
Post a Comment