Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, August 27, 2014

कोरियाका नेपाली कलाकार गान्धिव नेपालमा व्यस्त हुँदै

 रमेश खावाजु ,दक्षिण कोरिया 
आफ्नो ४ बर्ष १० महिनाको कोरिया बसाइ समाप्ति पश्चात नेपाल फर्केका कोरियाका स्थानीय नेपाली
 कलाकार गान्धिव सुवेदी अभिनय यात्रामा ब्यस्त हुँदै गैरहेका छन् l

दक्षिण कोरियामा गायन तथा समाजसेवा गरेर कुनै समय चर्चित भएका गान्धिव सुवेदी हाल नेपालमा  अभिनय तथा मोडलिङमा सक्रिय रहेका छन् l  l गान्धीब सुवेदीले हालै  नितिन चन्दको निर्देशन तथा  गायक
 प्रेम प्रकाश ओली स्वर ,शशि शर्मा मजगैयाको लय ,सन्तोष श्रेष्ठको संगीतमा रहेको ''तिम्रै यादमा '' को  म्युजिक  भिडियोमा अभिनय गरेका थिए  l  बजारमा उक्त म्युजिक भिडियोले चर्चा कमाएको थियो l  दक्षिण कोरियाको बसाइमा पनि उनले गरेको  भिडियोहरु  र छिटै नै अन्य ४ वटा म्युजिक भिडियो  सार्वजनिक हुने क्रममा छन् l आफुले गरेको काम बजारमा सर्बत्र नआउदै धमाधाम भिडियो मात्रै होइन ठुलो पर्दामा पनि अभिनय गरिरहेका छन् l निर्माता सुरेन्द्र बरालको '' भाग्यको खेल '' नामक चलचित्रमा हाल अभिनय  गरिरहेका गान्धिव खुसि ब्यक्त गर्दै  आफ्नो मात्र नभएर नेपालमा लुकेर रहेका कला संस्कृति ,शान्तिका प्रतिक गौतम बुद्ध जन्मेको तथा विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश भनेर अन्य देशमा पनि चिनाउन चाहन्छन l


सानै उमेरदेखी सांगीतिक क्षेत्रमा रमाउन खोज्ने गान्धिव सुवेदी बिभिन्न कारणवश रोजगारीकोको शिलशिलामा २००९ मा इपिएस मार्फत  प्रवेश गरेका थिए l गुल्मी जिल्लाको  हंगा गाबिसमा २६ बर्ष अघि जन्मेका गान्धिव सुवेदी कोरिया प्रवेश गरेको छोटो समयमै कोरियामा हुने कोरियन तथा  विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुतिलाई प्रस्तुत गर्दै आएका थिए l कोरियाली भूमिमा पनि आफ्नो कामको व्यस्तताका बाबजुद पनी बाँकि समय समाजसेवा देखि लिएर नेपाली कला संस्कृतिलाइ विदेशमा चिनाउन सक्रिय भएर लागेका थिए l कोरियाली भूमिमा आफ्नो जिल्लाका संस्था  गुल्मी सम्पर्क समितिमा ३ बर्ष अध्यक्ष , नेपाल योङ स्टार ग्रुपको अध्यक्ष ,स्थानीय कलाकारहरुको समुह नेपाल कोरिया संस्कृति मंचका सचिब पद  सम्हालेका थिए l  प्रवासी भूमिमा रहेर पनि युवाहरुको विचारधारालाइ मध्यनजर गरेर गुल्मि समाजका  खेलप्रेमी साथीहरुलाई एकतामा बाँधी आफ्नो कार्य अवधिभर गुल्मी सम्पर्क समिति कोरियालाइ नमुनाको रुपमा स्थापित गरेको  सुवेदीको भनाइ छ l  कलाकारिता संगसंगै समाजसेवामा त्यतिकै रुचि जगाउने तथा आफु बाँचेर पनि अरुलाई बचाउनु पर्छ र भविष्यमा दुख  दरिद्र ,अन्धा अपाङ्ग ,बृद्धा लगायत जो जिबन मृत्युको मुखमा पुगेर अस्पतालमा छत्पटाईरहेका हुन्छन सबैलाइ सक्दो सहयोग गर्नुपर्छ भन्ने धारणा व्यक्त गर्छन  l आफुले  नेपाल योङ स्टार ग्रुप तथा गुल्मी सम्पर्क समिति मात्र नभएर दक्षिण कोरियामा विभिन्न संघ संस्थाहरुले गरेको समाजसेवाको कार्य देखेर आफुले पनि पाठ सिकेर अघि बढेको बताए l भविष्यमा आफु सच्चा कलाकारको रुपमा स्थापित हुन्  खोज्ने गान्धिव सुवेदी कलाकारिता पेशामा अझै निकै  संघर्ष गर्ने बताए l



No comments:

Post a Comment