नमस्ते नेपाल कोरिया डट कम
दक्षिण कोरिया र जापान बीच निकट भविष्यमा सामरिक वार्ता गर्ने भएका छन् ।
यी दुई देशले उपमन्त्री तहको वार्ताका लागि तयारी गरिरहेको दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको छ ।सो वार्ताको समय र स्थानका लागि परामर्श भइरहेको भन्दै अब छिट्टै स्थान र वार्ताको मितिका बारेमा टुङ्गो लाग्ने सो समाचार समितिले जनाएको छ ।
यसअघि यी दुई देशबीच यस खालको सामरिक महत्वको बारेमा सन् २००५ मा द्विपक्षीय वार्ता भएको थियो । नियमित रुपमा हुनुपर्ने वार्ता सन् २०१३ सम्मका लागि स्थगित भएको थियो ।यसअघि सन् २०१३ मा नै सो वार्ता हुने भनिएकोमा जापानी प्रधानमन्त्री सिन्जो अबेले यी दुई देश बीचको एक विवादास्पद क्षेत्रको भ्रमण गरेकोले दक्षिण कोरियाली पक्षबाट सो वार्ता स्थगित गरिएको थियो ।

No comments:
Post a Comment