Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, August 13, 2014

ईपीएस कोरियन भाषा परीक्षाको आवेदन आजदेखि खुल्‍ला

नमस्ते नेपाल कोरिया डट कम ,
१३ अगस्त 

उपत्यकाका तीन र बाहिर चार ठाउँबाट आवेदन बुझाउन सकिने

काठमाडौं: रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन खुला गरिएको छ। काठमाडौं उपत्‍यकामा एक्मी इन्जिनियरिङ कलेज ( सीतापाइला), ल्याबरोटरी स्कुल (कीर्तिपुर) र च्यासल फुटबल खेलमैदान (बालकुमारी, ललितपुर)बाट आवेदन फारम बुझाउनको लागि खुल्‍ला गरिएको हो। यस्तै उपत्यकाबाहिर पोखरा, धरान, बुटवल र धरानबाट आवेदन खुल्ला गरिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

परीक्षा दिनेले आगामी शनिबारसम्म आवेदन फारम बुझाइसक्नुपर्नेछ। यसपटक उपत्यकाका तीन स्थान र बाहिर चार ठाउँबाट आवेदन फारम बुझाउन सकिने व्यवस्था छ। आवेदन फारम संकलन कार्यको कोरियाका प्रतिनिधिले अवलोकन गर्ने भएका छन्।

आवेदन फारम बुझ्ने काम सहज तरिकाले सम्पन्‍न गर्न यसपटक सरकारले प्रत्येक केन्द्रमा आवश्यकता अनुसार ६० देखि ८० जनासम्म कर्मचारी परिचालन गर्ने भएको छ। यसबाहेक प्रत्येक केन्द्रमा एक सय ५० जना सुरक्षाकर्मी खटाइनेछ। आवेदन फारम बुझ्नका लागि सबै तयारी पूरा भएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत काम गर्न कोरिया जान अनिवार्य रूपमा कोरियन भाषा परीक्षा पास गर्नुपर्छ। कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो। नेपाली कामदारले कोरियामा मासिक एक लाखभन्दा बढी कमाउँछन्।

कोरियाले उत्पादनमूलक र कृषि क्षेत्रमा नेपाली कामदार लिने गरेको छ। कृषिमा भन्दा उत्पादनमूलक क्षेत्रमा धेरै कामदारको माग छ। गत वर्ष उत्पादनमूलक क्षेत्रतर्फ ४६ सय र कृषिमा ३६ सय परीक्षार्थी पास भएका थिए।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले आवेदन फारम बुझ्नका लागि सबै तयारी पूरा भएको जानकारी दिए। 'पर्याप्‍त मात्रामा कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिने निर्णय भएको छ। पछिल्ला दुई दिनमा आवेदन दिनेको संख्या घट्ने भएकाले सुरुका दिनमा नै आवेदकले धेरै भीडभाड गर्नुपर्दैन', उनले भने।

विगत वर्षहरूमा पनि फारम बुझाउन पहिलो र दोस्रो दिनमा अत्यधिक भीडभाड हुने र तेस्रो तथा चौथो दिनमा भने आवेदकको संख्या ह्‍वात्तै घट्ने गरेको थियो। सुरुका दिनमा आवेदन बुझाउन अघिल्लो साँझदेखि नै लाइनमा बस्ने प्रवृत्ति रहँदै आएको छ।

विगतमा आवेदकले फारम भर्दा धेरै गल्ती गरेको र ईपीएसका कर्मचारीले समेत सबै सच्याउन नसकेकाले यसपटक कर्मचारीलाई विशेष तालिम दिइएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। आवेदकले नाम, थर तथा जन्ममिति लेख्दा अत्यधिक गल्ती गर्ने गरेका छन्। कर्मचारीले त्यसमा गहिरो अध्ययन गर्नुपर्ने भएकाले पर्याप्‍तमात्रामा व्यवस्था गरिएको हो। फारम बुझाउन प्रत्येक आवेदकले २४ अमेरिकी डलर (करिब २४ सय रुपैयाँ) तिर्नुपर्नेछ।

यसपटक ६० हजारभन्दा बढीले आवेदन दिने ईपीएस शाखाको अनुमान छ। गत वर्ष ४८ हजारजनाले परीक्षाका लागि आवेदन दिएका थिए। दक्षिण कोरियाले कोटा गोप्य राखे पनि गत वर्षभन्दा धेरै कामदार लिने अनुमान छ। सन् २०१४ को लागि जनवरीयता मात्रै ४६ सयजना कामदारको माग भइसकेको छ। यसले नेपाली कामदार कोरियन रोजगारदाताको मुख्य प्राथमिकतामा रहेको पुष्‍टि हुन्छ। सन् २०१५ मा जान पाउने संख्या बढ्न सक्ने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

कोरियाले उत्पादनमूलक र कृषि क्षेत्रमा नेपाली कामदार लिने गरेको छ। कृषिमा भन्दा उत्पादनमूलक क्षेत्रमा धेरै कामदारको माग छ। गत वर्ष उत्पादनमूलक क्षेत्रतर्फ ४६ सय जनाले परीक्षा उत्तीर्ण गरेका थिए भने कृषिमा ३६ सय जना पास भएका थिए। पास भएका मध्ये उत्पादनमूलकमा २६ सय जनाको कोटा स्वीकृत भइसकेको छ भने कृषिमा जम्मा १३ सयजनाको मात्र कोटा आएको आजको अन्नपूर्ण पोस्टमा प्रकासन गरिएको छ

No comments:

Post a Comment