काठमाडौं, ।
नेपालको राजनीतिक अवस्था प्रति आम नागरिकहरुको चिन्ता र चासो बढिरहेका बेला नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाले तोकिएकै समयमा संविधान जारी गर्न माग गरेको छ । कोरियाका एक विशेष कार्यक्रमको तयारीका क्रममा समितिको बैठकले संविधान निर्माण गर्न सबै दलहरु जिम्मेवार बन्न आग्रह गरेको छ ।
‘आजको नेपाल र अबको नेपाल’ विषयमा अन्तक्रियाको आयोजना गर्ने निर्णय समेत गरेको छ । आउँदो भाद्र १ गते अर्थात अगस्त १७ का दिन दक्षिण कोरियाकाको सउलमा हुने सो अन्र्तक्रियामा संविधान प्रतिको चासो र पछिल्लो अवस्था सँगै प्रवासमा नेपालीहरुले भोग्नु परेको समस्या र त्यसको समाधान को विषयमा समेत बहस हुने समितिका सभापति नवराज शिवाकोटीले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका प्रभावशाली यूवा नेता विश्वप्रकाश शर्मा तथा अन्य यूवा नेता र बुद्धिजीविहरु समेत दक्षिण कोरिया पुग्ने कार्यक्रम तय भएको छ ।
हाल नेपालमा संविधान निर्माणको काम अगाडी बढिरहेको र आगामी माघ ८ गतेको समय सीमा समेत तोकिएको अवस्थामा दक्षिण कोरिया भित्र रहेका सम्पूर्ण नेपालीहरुलाई संविधान र समग्र राजनीतिक अवस्थासँग जोड्दै विदेशी भूमिमा पसिना बगाउन बाध्य नेपाली नागरिकहरुको समस्याहरुको समेत जानकारी होस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको शिवाकोटीले बताए । कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको सहभागिता रहने उनको भनाइ छ ।
जनसम्पर्क समितिले कोरियामा रहेका नेपालीहरुलाई एकत्रित गर्दै बेलाबखत देशसँग जोड्ने कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । गत वर्ष पनि पहिलो संविधान सभामा सबैभन्दा बढी विवादित विषय र संघियताको विषयमा समेत सउलमा अन्र्तक्रियाको आयोजना गरिएको थियो । पछिल्लो समय दक्षिण कोरियामा इपिएस प्रणाली मार्फत हजारौं नेपालीहरु रोजगारीका लागि पुगेका छन ।

No comments:
Post a Comment