ऐश्वर्य श्रेष्ठ,सउल ।पप स्टार तथा नायिका यु चे योंगको ४१ बर्षको उमेरमा बिहिबार मृत्यु भएको छ । उनको इन्टरटेनमेन्ट एजेन्सीका अनुसार पेटको क्यान्सरबाट मृत्यु भएको बताएको छ । रेडियो सञ्चालिकासमेत रहेकी योंगको बिहिबार बिहान ८ बजे योन्सेइ युनिभर्सिटी सेभेरेन्स हस्पिटल सउलमा भएको हो । गत अक्टोबरबाट क्यान्सरको डाइगोनिस्ड योंगले गराइरहेकी थिइन् ।
वास्तविक नाम किम सु जीन रहेको योंगले गायिकारुपमा १९९४ प्रवेश गरेकी हुन् । उनले कुल टीममा रहेर गायिका रुपमा चिनाइन् । उनको पहिलो एल्बम अनोदर डिकेड २००९ मा बजार आएको थियो । त्यसैंगरी नायिकारुपमा हु स्लेप्ट विद हर २००६,सेक्स इज जिरो २,फेसन किंग २०१२ टिभी लगायत रहेका छन् ।
No comments:
Post a Comment