Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, July 30, 2014

खोटांग सेवा समाजले छुसकमा (खोटांग-हलेसी सांगीतिक सौगात भाग-३) कार्यक्रम गर्ने

उमेश शेरालुंग , दक्षिण कोरिया
खोटांग सेवा समाज दक्षिण कोरिया स्थापना काल १९९६ देखि हाल सम्म १८ बर्ष को दौडानमा प्रबासी भूमिमा आइपर्ने समस्याहरुको समाधान र सामाजिक कार्यमा निरन्तर आगाडी बढाईरहेकोछ |

यसै सन्दर्भमा '' खोटांग सेवा समाज दक्षिण कोरियाको चाहाना खोटांग जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने भावना'' गाउँ, समाज, र जिल्लाको बिकाश गरौँ, राष्ट्र निर्माणमा तपाई हाम्रो साझा अभियान भन्ने मूल नाराका साथ  दक्षिण कोरिया को माहान चाड चुसकको अवसर पारेर आउदो २०१४ सेक्टेम्बर ८ तारिक का दिन (खोटांग-हलेसी सांगीतिक सौगात भाग-३) को खोटांग समाजले बिशाल दर्शकहरुको उपस्थितिमा भब्बे रुपमा कार्यक्रम गर्ने भएकोछl

सउल को तुन्देमुनमा  हुन गइरहेको उक्त कार्यक्रमको सम्पूर्ण कार्य तयारी पुरा भैसकेको संस्थाका अध्यक्ष अमृत राईले घोषणा गर्नु भएकोछl सो दिनको उक्त कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरु बरिस्ठ भर्सलटाईल  गायक: राजेश पायल राई, गायीका मिलन अमात्य , चर्चित नायिका प्रियंका कार्की , लोक दोहोरी गायीका कोमल ओली, चर्चित गायक प्रमोद खरेल, चर्चित युबा गायक रेवत राई, गायक राजेश राई, गायीका शमला राई र तयाँहाङ्गमा राई को साथमा कोरियाका स्थानीय चर्चित गायक अशोक थुलुङ्ग, चर्चित-संगीतकार दि,आर- अटु, नृत्यकार: मिना राई, सन्ध्या बज्राचार्य,र अन्जु लामा साथमा चर्चित कोरियाका स्थानीय ब्याण्ड  ''सुनाखरी सांगीतिक समूह र ''क्षितिज फ्युजन ग्रुपको बेजोड प्रस्तुति रहनेछl

विगत २०१० मा खोटांग सेवा समाजका अध्यक्ष हिमाल राई को कार्यकालमा पनि सफल कार्यक्रम गरि उठेको सहयोग रकमले खोटांग दिक्तेल हस्पिटलको आकस्मिक कक्षामा X-RAY  मेसिन लगायत अन्य सामग्रीहरु उपलब्ध गराइएको कुरा समाजका सचिब राम प्रसाद राईले जानकारी दिनु भयोl यसपालिको कार्यक्रम बाट उठेको रकम पनि जिल्लाको विभिन्न स्थानको स्वास्थ्य क्षेत्रमा लगानी गर्ने, यसका लागि कोरिया वासी खोटांगेहरु एकजुट हुनु पर्ने बताउनु भयोl

खोटांग सेवा समाज दक्षिण कोरियाले कार्यक्रमलाई पूर्ण सफल पार्न कोरियाको विभिन्न क्षेत्रमा क्षेत्रीय समिति गठन गर्दै सम्पूर्ण कोरिया वासी खोटांगेहरु लाई एकजुट हुन आग्रह गरेकोछl गाउँ, समाज, र जिल्लाको बिकाश गरेरनै देशको बिकाश हुने होl देश बिकाश गर्नु हाम्रो दायित्व हो, राष्ट्र  निर्माणमा तपाई हाम्रो साझा अभियान भन्दै विभिन्न राजनैतिक संस्था, बिद्यार्थी संस्था, पत्रकार संघ, महिला संघ, जातीय संस्थाका बुद्दी जीबीहरु र विभिन्न पेशामा आबद्द रहेका व्यक्तिहरु लगायत कोरिया वासी सम्पूर्ण नेपालीहरु उपस्थिति भै  कार्यक्रम सफल पारिदिनु हुन समाजका अध्यक्ष अमृत राईले हार्दिक अनुरोध गर्नु भएकोछl

नोट: मिति २०१४ सेक्टेम्बर ८ तारिक समय बिहानको ठिक १२ बजे बाट सुरु हुने, स्थान दक्षिण कोरिया सउल- तोंगदेमुन, संग्बुक कुकमिन यसंग हवेगान (서울시 성북구 돈암동 606-258 성북 여성회관) हलमा हुने  सो स्थानको पुरा ठेगाना टिकटको पछाडी पट्टि राखिएको छl

(खोटांग सेवा समाज द. कोरिया)
टिकटको लागि: सम्पर्क नं.
अमृत राई- ०१०४६१६८४५५
चित्र घले- ०१० ५९४२ ०१४५
राम प्रसाद राई- (आन्संग) ०१०४४३६९८०८
उमेश बस्नेत -(खिम्पो)०१०५७७३४८४८
राजु राई-(बुसान,DSME)-०१०६६६६८०७३
सिता राई -(०६२ ख्वंजु)-०१०४४२३७७३७
प्रगति राई - (थेजन)०१०३९८१३४८०
उमेश राई- (गुन्सान)-०१०५९५०२८७५
अरुण राई-(सिन्चांग)- ०१० ४९९१ ७९८९
हिमाल राई -(सुवन)-०१०९०८३५५९२
अनुपमा श्रेष्ठ-(आन्संग)-०१०३१४२४३०६
मेनुका राई-(छनान)-०१०३४३३७९२१
रोशन राई-(थेगु)-०१०७३०९७०४४
बसन्त राई -(खजेदो)-०१०७२१४११४७
समिर निरौला-( )-०१०४८६८०९६६
सुनिता गुरुङ-(खिम्पो)-०१०५०९४८५५०१
मन्जु रेग्मी-(सिन्चांग)-०१०५९३९४७९०
सन्ध्या बज्राचार्य-(येजु, छुन्चामबुक-दो )-०१०७२१९३४१९
कमला राई-(ख्यांगीदो-ख्वंजु)-०१०८६८७२७६३
युना राई- (थेगु)-०१०७२१८६०३२
देवराज राई-(किमे,김해)-०१०३४५९६५५४


No comments:

Post a Comment