Saturday, July 26, 2014

कोरियामा पुर्वउपप्रधानमन्त्री नारायणकाजि श्रेष्ठले प्रशिक्षण दिने

नमस्ते नेपाल कोरिया संवाददाता 
एकीकृत ने.क.पा. माओबादिको प्रबासी भातृ संगठन   नेपाली जनअधिकारी मन्च दक्षिण कोरियाको आगामी अगस्ट 3 तारिकमा हुने तेस्रो अधिबेसनको अगिल्लो दिन सनिबार साझ  जुलाइ २ तारिकमा  जोङगाकको  दुर्गा रेस्टुरेन्टमा   एमाओबादी उपाध्यक्ष, अन्तर्राष्ट्रिय बिभाग प्रमुख, पुर्वउपप्रधानमन्त्री नारायनकाजी श्रेष्ठले   प्रशिक्षण दिने  निश्चित भएको छ ।

उक्त प्रशिक्षणमा सहभागिहरुको लागि खान,बस्न समेत ब्यबस्था मिलाउने तयारी भएको मन्चका अध्यक्ष दिपक पुनले बताए । अध्यक्ष पुनका अनुसार उक्त प्रशिक्षणमा २००(दुई सय जना) मन्चका सकृय सदस्यहरुको उपस्थिती हुनेछ । उक्त प्रशिक्षणमा समर्थक सकृय सदस्यहरुलाइ जानकारी गराइ उपस्थित गराउन प्रचार बिभाग संयोजक चुडामणि अधिकरिलाइ खटाइएको समेत अध्यक्ष पुन ले बताए l

No comments:

Post a Comment