Friday, July 25, 2014

कोरियामा अवैधानिक माथी व्यापक धरपकड ,नेपाली पनि समातिए

अशोक मैनाली -सउल , कोरिया ।
 दक्षिण कोरियामा अवैधानिक नेपाली माथी व्यापक धरपकड शुरु भएको छ। हिजो दक्षिण कोरियामा नेपालीहरूको मुख्य बसोबास रहेको क्षेत्र दोङ्देमुनमा एक अबैधानिक नेपाली पक्राउ परेको बताईएको छ। उनलाई हिजो सांझ कोरियन अध्यागमनका कर्मचारीहरूले पक्राउ गरेको हो। त्यस्तै राजधानी सउल भन्दा टाढा रहेको थेगु क्षेत्रबाट ११३ जना अबैधानिक बिदेशी नागरिक पक्राउ परेको बताईएको छ। पक्राउ पर्नेमा ६ जना नेपाली सहित भेतनाम ,मंगोलिया र थाईल्याण्डका नागरिक रहेको स्रोतले दावी गरेको छ।  सौल स्थित नेपाली दूतावासले दोङ्देमुनमा पक्राउ नेपाली बारे पुष्टी गरे पनि थेगुमा पक्राउ परेका भनिएका नेपाली बारे थाहा हून नसकेको बताएको छ। प्राय ७ औं ,८ औं र ९ औं महिनामा कोरियन अध्यागमनले अबैधानिक बिदेशी नागरिक माथी कडाई गर्ने गरेको भए पनि यस पटक निकट भबिष्यमा ईन्छनमा आयोजना हुने एसियन ओलम्पिकलाई मध्यनजर गरी कडाई गरेको हून सक्ने अनुमान गरिएको छ। यस अघि कोरियन अध्यागमनले अबैधानिक बिदेशी माथी कडाई गरिने संकेत गरेको थियो। मानवाधिकारवादीहरूले यस प्रकारको धरपकडको बिरोध गर्ने गरेका छन्। उनीहरूले अबैधानिक बिदेशी नागरिक माथी मानविय व्यवहार गर्न कोरियाली सरकार समक्ष अपिल गरेका छन्। पछिलो समय अबैधानिक नेपालीहरूको सङ्ख्या बढ्दो छ भने भिषा सकिन लाग्दा शरनार्थी भिषा बनाएर बस्ने प्रविर्ती पनि पछिलो दिनमा ह्वात्तै बढेको छ।

No comments:

Post a Comment