Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, May 4, 2014

प्रबासी नेपाली मन्च (ONF ) दक्षिण कोरियाको थेगु क्षेत्रीय भेला सम्पन्न (फोटो फिचर )

नमस्ते नेपाल कोरिया संवाददाता 
प्रबासी नेपाली मन्च दक्षिण कोरियाले " गतिशिल संगठनको बिस्तार र सबल नेतृत्व को अभियान " स्वरुप आफ्नो थेगु शाखा बिस्तार गरेको छ ।
थेगु क्षेत्रमा लामो समय देखी रोजगारिमा रहेका ONF समर्थकहरुको उपस्थितिमा भएको भेलालेसर्बसम्मत रुपमा नेत्र दुलाल को अध्यक्षतामा १५ सदस्यिय कमिटी गठन गरेको छ ।उपध्यक्षहरुमा चन्द्रमणी पाण्डे र बिनोद कार्की रहेका छन । सचिब र सहसचिवमा क्रमशः मान बहादुर खड्का र मनु पाण्डे चयन भएका छन ।त्यसै गरि कोषाध्यक्षमा उत्सब के . सि सदस्यहरुमा छिरिङ तामाङ , राम घिमिरे ,पुस्कर बस्नेत , मनोज चापागाइ , टन्क भट्टराइ , मछिन्द्र दुलाल , भाबना गुरुङ र सानु गुरुङ रहेका छन ।

ONF कोरियाका अध्यक्ष गोबिन्द गाउलेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामाकेन्द्रिय उपाध्यक्षहरु सुरेन्द्र आचार्य , केशब गौतम र सह सचिब शिबलाल पन्थी उपस्थित हुनुहुन्थ्यो साथै थेगु क्षेत्रका सम्योजक हरि श्रेष्ठ , समाजसेबि बेल गुरुङ् र बुसान क्षेत्रका सम्योजक ध्रुब पौडेलको उपस्थिती रहेको थियो । उहाहरु सबैले नबगठित कमिटिका साथिहरुलाइ बधाइ तथा शुभकामना मन्तब्य दिनु भएको थियो ।
 कमिटी गठन गर्नु अघि पहिलो चरणको कार्यक्रम मा प्रमुख अतिथिको मन्तब्य दिदै केन्द्रिय अध्यक्ष गाउँलेले प्रबासी नेपाली मन्च अहिले कोरियाभर सङठ्न बिस्तारको अभियानमा रहेको र प्रबासी नेपाली मजदुरका दुख पिडामा मन्चले सदैब साथ दिने बताउदै बिध्यार्थी, ब्यबसायी र अन्य जुन्सुकै क्षेत्रका नेपाली समुदायका समस्याको निराकरणको लागी सबै पक्षसङ्ग मिलेर सम्युक्त पहल गर्ने उल्लेख गर्नु भयो। मन्चका उपाध्यक्ष केशब गौतमले मजदुर हकहितका लागी सशक्त सङठनको आबस्यक्ता औल्याउदै कोरियामा रहेका मजदुरहरुको हक अधिकार सुरक्षित गर्न ओएनएफले पहल गर्नु पर्नेमा जोड दिनु भयो ।अर्का उपाध्यक्ष सुरेन्द्र आचार्यले सङठन बिस्तारको अभियान कोरियाका ८ क्षेत्रमा सम्पन्न भए पछि एउटा ठोस कार्यक्रम सहित ONF ले भाबी योजना सार्बजनिक गर्ने बताउनु भयो । सहिदहरु प्रती १ मिनेट मौधारण गर्दै शुरु भएको कार्यक्रमलाइ नेत्र दुलाल ले स्वागत र बेल गुरुङले सन्चालन गर्नु भएको थियो ।


No comments:

Post a Comment