Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, April 23, 2014

कोरियामा नेपालीहरुले सञ्चयकोष पाउलान त ?

पुस्प लामिछाने -सउल ,दक्षिण कोरिया l

विदेशी श्रमिकहरुलाई कोरिया सरकारले नेशनल पेन्सन सर्भिस (कुक्मिन) दिने ब्यवस्था भए पनि हालसम्म कोरियामा कार्यरत नेपाली श्रमिकहरुले उक्त सुविधा पाएका छैनन् । श्रमिकको तलबबाट ४.५ प्रतिशत र रोजगारदाताबाट ४.५ प्रतिशत मासिक रुपमा जम्मा गरिएको एकमुष्ठ रकम नै नेशनल पेन्सन सर्भिस (कुक्मिन) हो । यसरी मासिक रुपमा जम्मा भएको रकम र जम्मा भएको रकमको ब्याज सहित स्वदेश फर्कने बेला श्रमिकले एकमुष्ठ रुपमा प्राप्त गर्दछन् ।


नेपाल जस्तै कुनै पनि राष्ट्रले विदेशी नागरिकहरुलाई उक्त सुविधा उपलब्ध गराएको खण्डमा कोरिया सरकारले पनि सो सुविधा प्रदान गर्ने यहाँको कानूनमा उल्लेख छ । नेपालको कानूनमा पनि संस्थान अथवा कानूनी रुपमा दर्ता भएको कम्पनीले सञ्चयकोष जम्मा गर्न पाउने प्रावधान छ । नेपालको कानुनलाई कोरियाको कानुनसँग आधार मानेर हेर्दा कोरियामा नेपालीहरुले सञ्चयकोष अर्थात कुक्मिन पाउने देखिन्छ । तर यसका लागि दई राष्ट्रबिच सम्झौता हुनुपर्दछ ।

आगामी जुलाइमा नेपाल र कोरियाबिच इपिएस श्रम सम्झौता हुदैछ । उक्त श्रमसम्झौताका लागि इपिएस कार्यलयले नेशनल पेन्सन सर्भिस सहित अन्य ३  सुविधा थप गर्ने गरि श्रम सम्झौताको मस्यौदा तयार गरेको जानकारी गराएको छ ।


मस्यौदा बमोजिम दुइ राष्ट्रबिच सम्झौता भए नेपाली श्रमिकहरुले नेशनल पेन्सन सर्भिस (कुक्मिन)को सुविधा पाउनेछन् । कोरियामा इपिएस मार्फत आउने १५ राष्ट्र मध्ये हाल ७ वटा राष्ट्रका श्रमिकहरुले यो सुविधा प्राप्त गर्दै आइरहेका छन् ।
 - हेनेको 

No comments:

Post a Comment