Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, April 22, 2014

कोरियामा बृहत भेला तथा नेपाली साहित्यिक कार्यक्रम सम्पन्न

नमस्ते नेपाल कोरिया सम्वाददाता -
दक्षिण कोरियाको सुवनस्थित माउन्ट एभरेष्ट रेष्टुरेन्टमा चितवन सम्पर्क समिति तथा  अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरियाले  अप्रिल २० तारिक आइतवार संयुक्तरूपमा  नववर्ष  शुभकामना आदानप्रदान तथा बृहत साहित्यिक कार्यक्रमको आयोजना गरेका छन् l
कमलप्रसाद अर्यालको सभापतित्वमा संचालित सो कार्यक्रम चितवन सम्पर्क समितिका सचिव दुर्लभ बन्धु पोखरेलको कुशल उद्घोषणमा संचालन भएको थियो l अनेसास दक्षिण कोरियाका महासचिव इन्द्र न्यौपानेले स्वागत मन्तब्य राख्नु भयो भने यस सस्थाका अध्यक्ष कमलप्रसाद अर्याल नेपाली एकता समाजका अध्यक्ष  बिदुर शर्मा ,चितवन सम्पर्क समितिका निवर्तमान अध्यक्ष  राजन श्रेष्ठ ,हेल्लो नेपाल कोरिया न्युज डट कम का सस्थापक पुष्प लामिछाने ,कोरिया संदेश क्लबका अध्यक्ष मीनप्रकाश  उप्रेती , गीतकार तथा सर्जक सूर्य खत्री 'घायल'बलदेव भट्टराईको आतिथ्यमा संचालित यो कार्यक्रम भब्य र सरस बन्यो l क्रमश बक्ताले कम बक्तब्य र गीत,गजल,कविताका माध्यमबाट  उपस्थित साहित्यप्रेमी  समुदायलाई पर्याप्त मनोरंजन पर्दान गरे l
गीत गजल,कविता र प्रहसन सहित साहित्यमय र सरस  बनेको यस भेलाले सरलता साथ संयुक्त रुपमा अत्यन्त सफलता साथ कार्यक्रम सफल गरेको छ l  कार्यक्रमलाई सरल र स्वाभाविकता प्रदान गर्न ब्याजको प्रयोग गरिएन l व्यस र  दर्शक श्रोताकाबीच समानन्तरताको आभास भएको थियो l साहित्यमय सुमधुर कार्यक्रम पश्चात् पनि सबै समूहसाथ बसेर सामाजिक सेवाका क्षेत्रमा  पुर्याउन सकिने योगदानको चर्चा गर्दै   चितवन सम्पर्क समिति दक्षिण कोरियाले संचालन गरेको चितवन घरका निम्ति कति योगदान गर्न सकिन्छ भन्ने सम्बन्धको चर्चामा  अबेरसम्म छलफलमा व्यस्त भए l काम छोडेर बसेका नेपाली समुदायको साझा आश्रयस्थल स्थलको समक्षण तथा  बिपत्तिमा परेका समुदायको सहयोगका निम्ति  आपतकालीन राहतकोष स्थापनाका निम्ति  मे ४ तारिकका दिन  तोग्देमुन्को के इ बि बैंक को हलमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र  ऋतुलाई कसरी भब्य रुपमा सम्पन्न गर्ने भन्ने विषयमा छलफल गर्दै  प्रकाशित टिकट वितरण तथा  सहयोग आदान प्रदान सहित एक भएर  यस सेवामूलक कार्यलाई चरम सफलतामा पुर्याउन प्रतिबद्दता प्रकट गर्दै बिदा भए l
दक्षिण कोरियामा रहेका बिभिन्न संघ सस्था ,ब्यापारी,मजदुर,विद्यार्थी ,र सम्पूर्ण समुदायलाई हार्दिक रुपमा सहयोग गरी अपार सफलतासाथ  सम्पन्न गर्न सो सस्थाका अध्यक्ष कमलप्रसाद अर्यालले आग्रह गर्नुभयो l संयोग मिले  फिल्म हेरेर संयोग नमिले सहयोग स्वरूप एक टिकट काटेर सबैले सहयोग  गरिदिनु भए चितवन सम्पर्क समिति आभारी रहने छ भन्दै  सबैको सहयोग रहने विस्वास गरिएको छ l टिकट तोग्देमुनका अनेक पसल र रेष्टुरेन्टमा उपलब्ध रहने छ त्यस्तै सुवनका रेष्टुरेन्टमा पनि उपलब्ध रहने छ l सिधा फिल्म प्रदर्शन स्थलमा  आएर टिकट लिन पनि सकिने छ भन्दै एक पल्ट सामाजिक  हीतका निम्ति सबैलाई  एक भई  सहयोग गर्न आग्रह गरिएको छ l

No comments:

Post a Comment