Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, April 25, 2014

कोरियामा जहाज डुबे पश्चात बिद्यालयमा पुन पढाइ शुरु

नमस्ते नेपाल कोरिया डट कम -
दक्षिण कोरियामा जहाज दुर्घटना पश्चात  स्कुलहरुले २४ तारिक बिहिबार देखि पुन बिद्यालयको पठन पाठन सुरु गरेको छ ।
दक्षिण कोरियाको जहाज दुर्घटनामा बिद्यार्थीहरु गुमाएर मार्महित भएर स्कुल बन्द गरेका थिए l    दुर्घटना भइ समुन्द्रमा डुबेको जहाजमा  कोरियाको आन्सान स्थित   दानवन हाइ स्कुलका ३०० बिद्यार्थीहरु रहेका थिए  । दानवन बिद्यालयका शिक्षक तथा बिद्यार्थी सहित २५० जनाको मृत्यु भैसकेको तथा  उद्धार  भएका बिद्यार्थीहरुको पनि अवस्था स्वास्थ्य अवस्था कम्जोर भएकोले अहिले अस्पतालमा रहेको कोरियन संचार मध्यमहरुले जनाएको छ । बिद्यालयका अन्य बिद्यार्थीहरुले पनि यति ठुलो नोक्सानीका कारणले मानसिक रुपमा तनाब महसुस गर्न सक्ने भएकोले बिद्यालयमा परामर्शदाताहरु बोलाइएको छ । बुधबार यसै बिद्यालयको नजिकै मृत्यु हुनेहरुको सम्झनामा भावपूर्ण स्मृति कार्यक्रमको आयोजना गरिएको थियो ।

No comments:

Post a Comment