Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, March 9, 2014

नेपाल–कोरिया उच्चस्तरीय भ्रमणको तिब्र तयारी

देबेन्द्रे सम्बाहाम्फे -सउल ,दक्षिण कोरिया l 
 नेपाल र दक्षिण कोरियाबीच हुन लागेको उच्चस्तरीय भ्रमणको तयारी तीब्र रुपमा भइरहेको सोलस्थित  नेपाली दूतावासले जनाएको छ । दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको चालीसौं वर्ष गाँठको उपलक्षमा मे १५ बाट तीन दिन परराष्ट्र मन्त्रीस्तरीय भ्रमण हुन् लागेको हो ।
नेपाली दूतावासको आयोजनामा हुने सो भ्रमणको सहआयोजकमा कोरियाका बिभिन्न मन्त्रालयहरुका साथै ओइसी, डालिम, के– वाटर, कोसेप लगायत दर्जनौं ठूला उद्योगहरु सहआयोजकका रुपमा रहेका छन् ।

यसै सिलसिलामा नेपाली राजदूत कमानसिंह लामाले यहाँका मन्त्री, सांसद, विभिन्न मन्त्रालयका अधिकारीहरुका साथै उद्योगपतिहरुसँग भेटेर परामर्श गरेका छन् । राजदूत लामाले भूमि तथा यातायात सहायक मन्त्री य ह्यङ गु र उद्योग तथा व्यापार सहायक मन्त्री छो ग्यङ रीमस“ग भेट गरी भ्रमणको व्यवस्थापनबारे छलफल गरेका छन् ।

भेटका अवसरमा मन्त्री रीमले दुई देशबीच हुन लागेको उच्चस्तरीय भ्रमणका बेला आफ्नो मन्त्रालयले कार्यपत्र प्रस्तुत गर्ने जनाउँदै नेपालका उद्योग बाणिज्य मन्त्रीलाई कोरिया बोलाएर आपसी हितका लागि दुई पक्षीय वार्ता गर्न आफू तयार रहेको बताएका थिए ।

त्यसैगरी राजदूत लामाले कोरियली संसदका अन्र्तराष्ट्रिय मामिला प्रमुख आङ होन जुन र सीन सङ  बम र ली जु योङ लगायतका सांसदहरुसँग भेटेर नेपाल–कोरिया मैत्री संसद समितिबारे परमार्श गरेका छन् ।

भेटका बेला  कोरियाली संसदहरुले २००५ मा गठन भएको मैत्री समिति निष्कृय भएको र नेपालमा हालै संविधान सभाको चुनाव सम्पन्न भएकाले विपक्षी दलका सांसदहरुलाई समेटेर नयाँ समिति बनाउनुपर्नेमा जोड दिएका थिए ।  यसैगरी मार्च २७ मा मार्चमा दुई देशका परराष्ट्र मन्त्रालयको सहसचिव स्तरीय बैठक हुने भएको छ ।

दुइ देशबीच पहिलोपटक हुन लागेको उच्चस्तरीय भ्रमणको पहिलो दिन के–वाटरको सभाहलमा उद्घाटन समारोह हुने र युनिभर्सल आर्ट सेन्टरमा लगानी सम्बन्धी सेमीनार गर्न लागिएको दूतावासले जनाएको छ । उद्घाटन सत्रमा दुवै देशका मन्त्री सांसद र उद्योग, बाण्ज्यि, कृषि पर्यटन, बिज्ञान, प्रविधि, सूचना तथा संचार क्षेत्रका विज्ञहरुसहित करिब एक हजार प्रतिनिधिहरु सहभागी हुने छन् ।

नेपालको तर्फबाट  उच्चस्तरीय भ्रमणको नेतृत्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले गर्ने भएका छन् ।  मन्त्री पाण्डेको नेतृत्वमा एक सयभन्दा बढी विशिष्ठ नेपाली अधिकारीहरुको सहभागिता रहने छ । भ्रमणको आन्तरिक तयारी गर्न राजदूत लामा नेपाल प्रस्थान गरेका छन् । कुटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भइसके पनि नेपाल–कोरियाबीच औपचारिक रुपमा परराष्ट्र सहायक मन्त्रीस्तरमा मात्र भ्रमण भएको छ । मे १५ मा हुन लागेको उच्चस्तरिय भ्रमणपछि मात्र प्रधानमन्त्री र राष्ट्रपतिस्तरको भ्रमणको बाटो खुल्नेछ ।

No comments:

Post a Comment