देबेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया
कोरियन एक्सचेन्ज बैंक(केईबी)ले नेपाली कामदारहरुको सुविधालाई ध्यानमा राख्दै ख्यङगी दो फोछन सङओरिमा नयाँ शाखा स्थापना गरेको छ | बैंकका निर्देशक पार्क जोङ याङ,नेपाली दूताबासका उपनियोग प्रमुख राजाराम बर्तौला, किराँत याक्थुङ चुम्लुङ कोरियाका अध्यक्ष भीम चेम्जोङ लगायतका अतिथिले सो शाखाको आइतबार संयुक्त रुपमा उद्घाटन गरेका थिए |
प्रवासी कामदारलाई आइतबार सेवा दिने केइबीको यो १३ औं शाखा हो | सो शाखाबाट नेपाली कामदारले आइतबार पैसा स्थानतरण गर्न सक्ने छन् | कोरियामा श्रम नियम कडा भएकाले आइतबार सेवा दिन लागेको बैंकका रिटेल डिभिजनका मेनेजर सुरेश लिम्बुले बताए |केईबीले कोरियाबाट बैधानिक रुपमा रेमिटेन्स पठाउन नबिल बैंकसंग २ बर्ष अघि सम्झौता गरेको थियो |
कोरियन एक्सचेन्ज बैंक(केईबी)ले नेपाली कामदारहरुको सुविधालाई ध्यानमा राख्दै ख्यङगी दो फोछन सङओरिमा नयाँ शाखा स्थापना गरेको छ | बैंकका निर्देशक पार्क जोङ याङ,नेपाली दूताबासका उपनियोग प्रमुख राजाराम बर्तौला, किराँत याक्थुङ चुम्लुङ कोरियाका अध्यक्ष भीम चेम्जोङ लगायतका अतिथिले सो शाखाको आइतबार संयुक्त रुपमा उद्घाटन गरेका थिए |

No comments:
Post a Comment