Saturday, March 8, 2014

लौ हिडौ कान्छी


निर्मल नारायण
-कबिता-
साहुको धन देखेर हुन्न गरिबको छोराले
नारी र पुरुष भन्दैन रहेछ जुटको बोराले |

लौ हिडौ कान्छी,संगसंगै जाऊ साहुको मेलैमा
हातमा हात समाई तरौं साउनको भेलैमा |
लौ समाऔ कान्छी, बिस्वाशको हात खोलाको तिरैमा
नतरी खोला, पुगिन्न मेला, बसेर पिरैमा |
लौ खपौ कान्छी, गाली र हप्की साहुको हेलामा
झरेको आँशु तागत हुन्छ दुखको बेलामा
लौ टालौ कान्छी,चर्केको मुटु यो व्यथा गिलैमा
मिलेर पुछौ झरेको आँशु आँखाको डिलैमा
लौ कसौ कान्छी, सम्बन्ध हाम्रो अभावको  बेलैमा
लडेर हुन्न, भिडेर हुन्न, राजनीतिक  खेलैमा
जस्तो छ कान्छी सपना तिम्रो मेरो नि छ उस्तै
खुल्ला कि भन्यो समाजको चेत देखिन्छ झन् उस्तै

साहुको धन देखेर हुन्न गरिबको छोराले
नारी र पुरुष भन्दैन रहेछ जुटको बोराले |

निर्मल नारायण ,दक्षिण कोरिया l

No comments:

Post a Comment