Saturday, March 8, 2014

कोरियामा महिलाहरुले मनाए १०४ औं महिला दिवस (फोटो फिचर सहित )

मञ्जु गुरुङ -सुवन ,दक्षिण कोरिया l
१०४ औ अन्तराष्ट्रिय महीला दिवसको उपलक्ष्यमा शनिबार अन्तराष्ट्रिय ओमेन्स पिस ग्रुप (आई डब्लु पि जी)ले कोरियाको राजधानी सउलमा भव्य कार्यक्रम सम्पन्न गर्‍यो ।
ग्याङनाम शहरको कोएक्स भवनमा आयोजित कार्यक्रममा विभिन्न देशका लगायत हजारौ महिलाको उपस्थिती रहेको थियो । जसमा नेपालबाट राजदूत पत्नी इन्द्रमाया तामाङ, महिलाका लागि महिलाका सल्लाहकार लक्ष्मी गुरुङ र गंगा थापा श्रेष्ठ, अध्यक्ष जुनु गुरुङ, उपाध्यक्ष मल्लिका थकाली, सचिव विमला श्रेष्ठ लगायत १० जना महिलाको सहभागिता रहेको थियो । नेपाली महिलाहरु आ आफ्नो परम्परागत पहिरणमा उपस्थिीत भएका थिए ।
‘परिवर्तन र शान्तिमा महिलाको नेतृत्व’ भन्ने नारा राखिएको कार्यक्रममा विश्वमा शान्ति स्थापना गर्न महीलाहरुले मुख्य भूमिका निर्वाह गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो । कार्यक्रममा राजनीतिक नेत्रीदेखि विभिन्न समाजसेवी महिलाहरुले कोरियामा पहिलो पटक राष्ट्रपति महीला भएपनि महिलाको क्षेत्रमा काम गर्न अझ धेरै बााकी रहेको बताएकाथिए । त्यस्तै कार्यक्रममा महीला र शान्ति क्षेत्रमा विषेश योगदान पुर्‍याएका महीलाहरुलााई सम्मान र छात्रावृद्घी समेत प्रदान गरिएको थियो । र्यक्रममा सामूहिक नेतृत्वबाट शान्तिका प्रतिक कलात्मक प्रतिमाको अनावरण पनि गरिएको थियो । विभिन्न परम्परागत संगीतिक प्रस्तुती पनि महीला दिवस उल्सवको एक रौनक बनेको थियो ।



No comments:

Post a Comment