Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, March 9, 2014

कोरियामा प्रवासी कामदारको बिगत र बर्तमान

देवेन्द्र सम्बाहाम्फे, दक्षिण कोरिया l
कोरियामा बिदेशी कामदारको इतिहास सन् १९८७ बाट शुरु भएको मानिन्छ । यो बर्ष खाङनाम क्षेत्रका केहि सम्भ्रान्त परिवारले फिलिपिन्सबाट कामदर झिकाएर घरेलु काम लगाएका थिए । सम्पन्न परिवार बसोबास गर्ने क्षेत्र मानिएको खाङनाम घरेलु कामदार राख्ने एउटा प्रतिष्ठा जस्तै बनेको थियो तर यो प्रथा लामो समयसम्म चलेन । बरु औद्योगीक क्रान्तिसंगै औद्योगीक उत्पादन क्षेत्रमा बिदेशी कामदारको आवश्यकता बढ्दै गयो ।

तेश्रा राष्ट्रपति पार्कजङ हिले निर्माण गरेको भौतिक पूर्वाधारको बिकासले सन १९८० पछि कोरियामा तीब्र रुपमा औद्योगीक बिकास शुरु भयो । साना,ठूला सबै खालका उद्योगहरु दिनरात चल्न थाले भने ती उद्योगहरुमा अदक्ष र निम्नस्तरको कामदारको आवश्यकता बढ्दै गयो । यो आवश्यकता सन् १९९० तिर एराइभल र पर्यटक भिसामा प्रवेश गरेका नेपाल लगायत अन्य बिकासन्मोख देशका नागरिकहरुले पुरा गरे पनि पर्याप्त थिएन । सन् १९९१ सम्ममा एराइभल र पर्यटकका रुपमा छिरेका बिदेशीको संख्या ४५ हजार पुगेको थियो । यस्ता कामदारको तलव, सुबिधा र औद्येगीक दुर्घटनामा परेकालाई दिनुपर्ने क्षतिपूर्तिबारे कुनै नियम कानुन थिएन । तर पनि  विभिन्न खालका उधोगहरुमा यस्ता कामदारको माग अझ बढ्दै गयो । यी सबै अवस्थालाई अध्ययन गरेर राष्ट्रपति रो थे उ नेतृत्वको सरकारले तत्काल २० हजार औद्योगीक प्रशिक्षार्थी माग गर्ने निर्णय गर्दै जापानी मोडेल अनुसारको औद्योगीक प्रशिक्षण प्रणाली सन १९९३ को नोभेम्बर २४ मा लागु गर्यो । १९९३ को डिसेम्बरमा सत्ता सम्हालेका राष्ट्रपति किम योङ सामले समेत कोटा अझ बढाउदै  लगे ।  सन् २००२ सम्ममा यस्ता प्रशिक्षार्थीहरुको संख्या ८९ हजार पुगेको थियो  ।

बिकासन्मोख मुलुकका नागरिकलाई औद्योगीक प्रशिक्षण दिने र अदक्ष श्रम शक्तिको आपूर्ति गर्ने यो प्रणलीको मुख्य उद्धेश्य थियो । यसमा फोहोर,खतरा,कठिन (थ्री डी ) स्टाटसमा नेपालसहित १४ देशबाट औधोगीक प्रशिक्षार्थी आएका थिए । एक बर्ष प्रशिक्षण र २ बर्ष कार्यअवधि तोकिएको यो प्रणालीको लागु भएको केहि बर्ष नबित्दै यसका सीमा वा कम्जोर पक्षहरु देखिन थाले । औद्योगीक प्रशिक्षार्थी भनिए पनि कानुनी हक, अधिकार बिना नै रोजगारदाताहरुले मजदूर सरह काम लगाउन थाले । यतिमात्र होइन ती प्रशिक्षार्थीहरुमाथि दुब्र्यबहार पनि बढ्दै गयो । यहासम्मकी उनीहरुको  न्यूनत्तम मानवअधिकारमा समेत प्रश्न चिन्ह उठ्न पुग्यो । रोजगारदाताहरुबाट अमानवीय ब्यबहार सहन नसकेपछि अत्यधिक प्रशिक्षार्थीहरु अवैधानिक हुन बाध्य भए । यस्ता अबैधानिकको संख्या सन् २००२ मा ५८. ४ प्रतिशत हुन पुग्यो । सरकारले प्रशिक्षार्थीहरु किन अबैधानिक हुन्छन् ? भनेर कारण खोज्नभन्दा पनि अमानबीय ढंगले धरपकड गर्न थाल्यो । सरकारको धरपकड र ज्यादतीबाट धेरै अबैधानिक कामदारले ज्यान समेत गुमाए  । देशको आर्थिक बिकासको हिस्सेदार बन्दै गएको प्रवासी जनशक्ति माथी सरकार र रोजगारदाताबाट भएको दोहोरो अन्यायबारे यहाँका मजदूर संगठनहरुले तीब्र बिरोध गरे । बिभिन्न स्थानहरुमा ऱ्याल्ली र चरणबद्ध आन्दोलन भयो । अन्र्तराष्ट्रिय श्रम संगठन, राष्ट्रिय मानव अधिकार आयोग,एम्नेष्टि इन्टरनेशलन लगायत ३८ भन्दा बढी संस्थाहरुले पनि यस बिषयमा समर्थन जनाएका थिए ।

अर्कातिर सरकारले प्रशिक्षार्थी भित्रयाउने र वितरण गर्ने महत्वपूर्ण जिम्मेवारी कोरिया अन्तरराष्ट्रिय प्रशिक्षण सहयोग संगठनले (किटको ) लाई दिएको थियो । सामान्यतया २ हजारदेखि ३ हजारसम्म शुल्क लिने भनिए पनि दलालहरुले ८ देखि १० हजार डलरसम्म लिएपछि प्रशिक्षार्थी छनौट प्रकृयामा  अपारदर्शी र आथिर्क अनियमितता बढ्दै गयो । यी सबै पक्षहरुको अध्ययन गरेर राष्ट्रपति रो मु ह्यनको सरकारले स्वदेशी मजदूर सरह हक,अधिकार र सेवा सुबिधा दिने शर्त गर्दै सन् २००४ को अगष्ट १७ बाट लागु हुने गरि रोजगार अनुमति प्रणाली (ईपीएस) घोषणा गर्यो ।
रोजगार अनुमति प्रणाली कोरियन उद्योगहरुलाई बैधानिक तवरले अदक्ष विदेशी कामदार रोजगारीमा लगाउन दिइने अनुमति हो । यस सम्बन्धी सबै काम  रोजगार तथा श्रम मन्त्रालयल र त्यसका निकायहरुले गर्दछन् । यस प्रणलीमा विदेशी कामदारको छनौट भाषा परीक्षा मार्फत गर्ने गरिन्छ । भाषा परीक्षा संचालन गर्ने जिम्मा यहांको मानव संसाधन बिकास संस्थाले गर्दै आएको छ । परीक्षामा उत्तीर्ण भएकाहरुका लागि रोस्टर निर्माण गरिन्छ र त्यसैबाट यहांका रोजगारदाताहरुले आवश्यकता अनुसार कामदार छान्ने गर्दछन् । यस प्रणाली मार्फत उत्पादनमुलक, निर्माण, सेवा, कृषि तथा पशुपालन, मत्स्यपालन क्षेत्रमा कामदार आउने गर्दछन् ।
यसरी आएका कामदारको कार्यअवधि ३ बर्ष र उध्योगमा आवश्यकता भए रोजगारदाताले पुन रोजगारको रुपमा १ बर्ष १० महिना थपि दिने गर्दछ । एउटै कम्पनीमा लगातार ४ बर्ष १० महिना काम गरेर स्वदेश फर्केका  कामदारहरु ३ महिनापछि अर्को कार्यकालको लागि आउन पाउने नियम २०१२ जुलाई २ देखि लागु भएको छ । तर यो नियम उत्पादनमुलक क्षेत्रमा ३० जनाभन्दा कम कामदार भएको र ग्राइडिङ, वेल्डिङ, फलाम र प्लास्टीक सम्बधी हाइ टेक नियमअनुसार स्थापना गरिएका आधारभूत कम्पनीमा ५० जना कामदार कार्यरत हुनुपर्दछ । यस्ता कामदारलाई कमिटेड  वर्कर  भनिन्छ । काम  गाह्रो वा श्रम सम्झौता बमोजिम कम्पनीले तलब,भत्ता सेवा सुबिधा दिन नसके आफू नजिकको रोजगार केन्द्रमा उजुरी दिन सक्ने  कानुनी प्रावधान रहेको छ । त्यसरी नै  बर्षमा एक पटक बढीमा ती चोटी कम्पनी परिवर्तन गर्न पाईने नियम रहेको छ । कम्पनी परिवर्तन गर्ने कामदारहरुले भने स्वदेशमा फर्केर कम्प्यूटरमा आधारित परीक्षा (सीबीटी) दिएर पुन अर्को  कार्यकालका लागि आउन सकिने नियम लागु भएको छ । देशमा अबैधानिक प्रवासी र रोजगारदातालाई दक्ष कामदार उपलब्ध गराउन यो नियम ल्याइएको हो । कमिटेड वर्करलाई उमेरको हद नभए पनि सीबीटीबाट आउनलाई ३९ बर्ष ननाघेको हुनुपर्दछ ।

यस प्रणलीमा स्वदेशी वा विदेशी दुबै कामदारलाई मजदूर,व्यवसायीक, सुरक्षा तथा स्वास्थ्य कानून समान रुपमा लागू हुने गर्दछ । त्यसैले बिदेशी भएकै कारणले रोजगारदाताले श्रम सम्झौता पालना नगरे वा बिना गल्ती कम्पनीबाट निष्कासन गरे श्रम कानूनको  धारा २२ अनुसार श्रम मन्त्रलयमा मुद्धा दिन सुक्ने ब्यबस्था रहेको छ । यसलाई ईपीएसको सकरात्मक पक्ष मानिएको छ । कामदारले दुर्घटना ,स्वास्थ्य ,रोजगार,नागरिकजस्ता ४ बिमाको सदस्य लिनुपर्दछ ।
कामदारका लागि न्यूनत्तम लागत र छनौट प्रकृया पारदर्शी भएकाले यो प्रणालीलाई उत्तम बिधि मानिएको छ । यसै आधारमा संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक कोषले यूएन पब्लिक अवार्ड समेत कोरियालाई प्रदान गरेको छ । श्रम मन्त्रालयले उद्योगहरुको निरीक्षण नगर्नु, श्रम सम्बन्धी सम्पूर्ण अधिकार रोजगारदातालाईमात्र दिनु, औद्योगीक क्षेत्र र कृषि क्षेत्रमा कार्यरत प्रवासी कामदारबीच तलब,भत्ता, सेवा सुबिधा समान नहुनु आदि यो प्रणलीका खराब पक्षहरु मानिएका छन् । औद्याोगीक क्षेत्रभन्दा कृषि क्षेत्रमा केहि कठिनाईहरु रहेको राष्ट्रिय मानव अधिकारले हालै सार्ववनिक गरेको प्रतिवेदनमा समेत उल्लेख छ । कृषि तथा पशुपालन वा माछा मार्ने मार्ने उद्योगमा काम गर्ने विदेशी कामदारको काम गर्ने समय, बिदा, विश्राम समय सम्बन्धी  कानून लागु नहुने भनेर ईपीएसको बिधान ५० र ५४ मा उल्लेख छ । ईपीएस बिधानमा कामदारले ३ बर्षे कार्य अवधिभर परिवार भेट्न नपाउने र कम्पनीलाई जानकारी नदिइ ५ दिनसम्म लगातार अनुपस्थित भए स्वत अबैधानिक हुने उल्लेख छ । उल्लेखित खराब पक्षहरुको निराकरण गर्दै कार्य अनुमति प्रणली (डब्लुपीएस) लागु गर्न यहांका मजदूर संगठनहरुले सरकारसंग माग पनि गरिरहेका छन् ।

औद्योगीक, कृषि, मत्स्यपालन, निर्माण र सेवा क्षेत्रमा बर्षभरि आवश्यक पर्ने कामदारको कोटा  निर्धारण तथा बितरण प्रधानमन्त्रीको कार्यलय संयोजक रहेको समितिले गर्दछ । यो समितिले आन्तरिक श्रम बजारको मूल्याकंन तथा संरक्षण गर्दै कोटा स्वीकृत गरेर नेपाल लगायत १५ देशलाई बितरण गर्दछ । अर्कातिर स्वीकृत कोटा देशभरका ५५ रोजगारकेन्द्रहरुमा बिभाजन गरिएको हुन्छ । यीनै रोजगार केन्द्रहरुले रोजगारदाताको माग संकलन गरेर छनौट गरिएको राष्ट्रको कामदारसंग श्रम सम्झौता र अन्य प्रकृया अघि बढाउने गर्दछ । समितिले अवैधानिक कामदारको संख्या न्यून र अपराधिक गतिविधि कम भएका देशहरुलाई कोटा बढी प्रदान गर्दछ । कोरियामा ईपीएसबाट आएका र अन्य गरेर ६ लाख ५० हजारभन्दा बढी प्रवासी कामदार रहेका छन् ।

सन् २००७ जुलाई ३१ मा नेपाल र कोरियाबिच एमओयूमा हस्ताक्षर भएपछि नेपाली युवाहरु कोरिया आउन थालेका हुन । हालसम्म ४ पटक कोरियन भाषा परीक्षा संचालन भइसकेको छ भने करिब २१ हजार नेपाली युवाले रोजगारी पाएका छन् । कोरिया नेपालमा धेरै रेमिटेन्स भित्र्याउने तेश्रो मुलुक हो । अन्य देशका कामदारको तुलनामा नेपाली कामदारहरु मिहेनती र इमान्दार भएकाले रोजगारदाताको रोजाईमा पर्ने गरेका छन् भने थोरै लगानीमा १ हजार अमेरिकी डलरभन्दा बढी न्यूनत्तम तलव हुने भएकाले नेपाली युवाहरुको अकर्षक गन्तब्य समेत बन्दै गएको छ । २०१२ र १३ मा सबैभन्दा धेरै नेपाली यूवा यहां आएका छन् । कोरियामा गैर कानुनी बस्नेलाई निरुत्साहित गर्न गरिएको प्रयास, एचआरडीसंगको सम्बन्ध र प्रकृयागत स्वच्छताका आधारमा २००९,२०११ र २०१३ मा यहांको रोजगार तथा श्रम मन्त्रालयले नेपाललाई पुरस्कृत गरेको छ ।
debusudama@yahoo.com

No comments:

Post a Comment