Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, February 27, 2014

कोरियाको बसाइँ

निकुञ्ज तिवारी ,दक्षिण कोरिया -
देख्दा र सुन्दामा दक्षिण कोरिया जति शुन्दर छ । भोग्नलाई त्यति नै गाह्रो छ । एसियामा चौथो र विश्वमा बार्हौ स्थानमा रहेको विकसित मुलुक कोरियामा वर्षेनी लाखौं आप्रवाशी कामदारहरु कामको खोजिमा आउने गर्छन् ।

कोरियाले सन् ९० को दशकमा चरम विकासको गतिलिएसंगै नेपाली युवाहरु रोजगारीका लागि यहाँ पसे । सन् २००७ देखि कोरियाले रोजगार अनुमति प्रणाली ‘इपिएस’ मार्फत नेपालसंगै अन्य १५ छिमेकी देशबाट अदक्ष कामदार भित्राइरहेको छ ।

हाल कोरियामा नेपालीहरुको संख्या बढ्दो छ । पछिल्लो एक आंकडाका अनुसार इपिएस मार्फत १८ हजार र अन्य विभिन्न माध्ययमबाट आएका गरी करिब २५ हजारको हाराहारीमा नेपालीहरु बसोवास गर्छन् ।

विकास गती :

२० औं सताब्दीमा उच्च गरिबीको रेखामुनि रहेको दक्षिण कोरिया २१ औं सताब्दीमा आइपुग्दा विश्वमा तहल्का मच्चाइरहेको छ । सन् १९५० को दशकमा गृहयुद्धमा फसेको कोरियाले भोकमरीको सामना गर्नुपरेको थियो ।

नेपाल लगायत अन्य छिमेकी राष्ट्रले खाद्यान्न सहयोग गरेको कोरियाले पछिल्लो ६० वर्षमा चामत्काररिक विकास गर्यो । यहाँको विकासका आधार – विकासमैत्री सरकारी नीति, लगानी योग्य वातावरण, इमान्दार कर्मचरीतन्त्र र मिहेनती नागरिक ।

नागरिकहरु कोही देशभित्रै त कोहि इजरायल, साउदी अरब, मलेसिया, हङकङ, जापान, जर्मन, दुबै लगायतका अन्य छिमेकी राष्ट्रमा काम गर्न गए । त्यहाँबाट विभिन्न सिप र अर्थ आर्जन गरी स्वदेश फर्के र स्वतन्त्र रुपमा उद्योग तथा कर्षि फाम खोले । र आय आर्जन गर्न तर्फ लागे । अहिले कोरियाको प्रतिव्यक्ति आय वार्षिक २४ हजार ४ सय अमेरिकी डलर छ ।

समयको महत्व :

कोरियनहरु समय, पैसा र श्रमको महत्वको एक–एक हिसाव गर्छन् । त्यसैको उपज यहाँको प्रविधि र विधिले मानवजीवनलाई सरलीकृत गरेको छ । जीवनशैली सुविधाजनक छ । नागरिकहरु राष्ट्रको विकासप्रति इमान्दार, वफादार र लगनशील छन् ।
कारण इमान, जवान र लगावको हो । प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको देशका नागरिकले ‘पाल्ली–पाल्ली’ ( छिटो–छिटो ) नारामै दु्रत विकास गरे । यहाँको विकासको गति उच्च देख्दा हामी हरेक कुरा नेपालसंग दाँज्ने गर्छौ । यहाँका भवन, सडक, औधोगिक कलकारखाना, शैक्षिक क्षेत्र र मानिस ।
देशको परिवर्तन दिनप्रदिन उच्च छ । यहाँका हरेक युवामा जिज्ञाशा, चेतनासंगै नयाँ विषयको खोजी र जोखिम मोल्ने शक्ति छ ।

व्यवहार :

यहाँको संस्कृति, भाषा, खानपान र काम गराई नितान्त भिन्न छ । यिनिहरु भन्छन् (मानी मकयो, पाल्ली इलहेयो) धैरे खाउँ । छिटो–छिटो काम गरौ ।
अधिक कोरियनहरु नम्र र अशल स्वभावका हुन्छन् । एकाद कडा स्वभावका हुन्छन् । तर कम्पनी संचालकहरुले कामदारप्रति गर्ने व्यवहार भने पाल्तु होइन छाडा जनवारसमान हुन्छ ।
यहाँ आउने अधिकांश आप्रवाशीहरु आँफूले आर्जन गर्ने धनभन्दा सयैं गुना बढि नमीठा अनुभूतिहरू बोकेर फर्किन्छन् । हिनताबोध, ग्लानी, व्यवहारमा अभाव, मनमा अशान्ति, र स्वाभिमानमा चोटैचोट यावत ।

युवा स्वदेशकालागि मेरुद्धण्ड हो । हरेक पक्षमा सक्षम हुन्छ । तर यहाँ आएपछि अन्धो अदक्ष  । एउटा काम सिक्न सयौं पटक दोहो¥याउनुपर्छ । काम सहज छैन । दैनिक दश घण्टाभन्दा बढि कठोर परिश्रम गर्नुपर्छ । यहाँको भाषा, र छिटो–छिटो काम नजान्दाको कष्ट, र मालिकको प्रताडना खप्न निकै गाह्रो हुन्छ । स्वदेशमा हाशिल गरेको ज्ञान र सीपको खासै काम छैन ।

सिक्नुपर्ने पाठ :

हाम्रो जस्तो विकाशशील मुलुकका लागि द.कोरियाको अनुभवबाट सिक्ने मूख्यतः गरिबी न्यूनीकरण र आर्थिक विकासको कार्य हो । राष्ट्रको स्थायी शान्ति र आर्थिक उन्नतिका लागि नेतृत्वदेखि सर्वसाधारणसम्म सवैमा राष्ट्रप्रति जिम्मेवारी, लगनशील र इमान्दारीता हुनुपर्छ ।  
मुलुकको आवश्यकतावमोजिम प्रभावकारी विकास नीति र दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्वकै कारण कोरिया छोटो समयमै आधुनिक एवं औद्योगिक राष्ट्रमा रूपान्तण भएको हो । यहाँको सामाजिक, साँस्कृतिक एवम् आर्थिक विकास एकै पुस्तामा भएको मानिन्छ ।
नेतृत्व वर्गदेखि आम नागरिक सवैमा राष्ट्रिय एकताको हुनु आवश्यक छ । मुलुकबाट मैले के लिए, भन्नुभन्दापनि मुलुकलाई मैले के दिए र के दिनसक्छु भन्ने भावना पलाउनु आवश्यक छ । के युवा, के पौढ र के वृद्ध सवैले सक्नेजति काम गर्योभने देशले विकासको गति लिन्छ ।
यद्यपी, नीतिनिर्माताले राज्यभित्रका साधन–स्रोतको अधिकतम सदुपयोग हुने गरी विकासमैत्री रणनीति लिनु आवश्यक छ ।

देश दुख्दा : 

नेपालमा रहनेहरूले सीमाना नाध्नेलाई भाग्यमानी सम्झन्छन् । कुनै अर्थमा सहीपनि हो । तर यथार्थमा प्रदेशमा नमीठा अनुभूतिहरू धेरै हुन्छन् । व्यवहारमा अभाव । मनमा अशान्ति । स्वाभिमानमा चोट । चाहना÷आकाक्षाहरू अधुरा ।
स्वदेशको विधि र व्यवस्थापन निकैनै कमजोर छ । जसले जहाँ जे गरेपनि मनपरितन्त्र छ । नियम–कानुन गरीवदुखीका लागि मात्र छ । दैनिक उपभोग्य खाद्यबस्तुदेखि औषधीसम्म केही शुद्धता छैन ।
कोरियमा एउटा घेरामा बस्न पाइन्छ । पसिना बगाएर खान पाइन्छ । अनि नया“ नया“ प्रविधिसंग  रमाउन पाइन्छ ।

नेपाली युवा :

राष्ट्र बनाउने दिमागमा सोच र पाखुरामा शक्ति भएका अधिकांश युवा यहाँ छन् । उनिहरु दैनिक १० देखि १८ घण्टा सम्म काम गर्छन् । धेरै काम गरेर, धेरै पैसा कमाउन चाहन्छन् यहाँ आएका नेपालीहरु । जेहोस् यहाँको कृर्षि क्षेत्र इतर गतिलो आर्जन हुन्छ ।
तर अदक्ष  युवा वर्गलाई कोरियामा काम गर्न त्यति सहज भने छैन । ‘थ्रिडि अर्थात डर्टी, डेन्जर र डिफिकल्ट’ कठोर श्रम गर्नुपर्ने बाध्यता, भाषा नजान्दाको कष्ट, र मालिकको प्रताडना खप्न नसकेर कतिपय युवा मृत्युको बाटो रोज्छन् ।

युवाले मुलुकको परिवर्तनका लागि इतिहासका कयौं कालखण्डदेखि अहिलेसम्म महत्वर्पूण योगदान दिदैं आए । देश रुपान्तरणका लागि उनिहरुको शीप र क्षमताको भरपुर उपयोग भएन । राज्यले सत्र्मागमा हिँडाउन र फाइदा लिन सकेन ।

देश विकाशोन्मुख अवस्थामा छ । कृर्षि, पर्यटन, जलस्रोत लगायत पशु पंछीपालन, तरकारी खेतीमा रोजगारीको प्रचुर सम्भावना छ । तर नेपाली आफ्नो भूमिमा होइन अर्कैको भूमिमा काम गर्न बाध्य छ ।

No comments:

Post a Comment