Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, January 24, 2014

मानसाग्नी र म l

कमलप्रसाद अर्याल ,दक्षिण कोरिया l
मानसाग्नीको सालीनता, भद्रता , शिष्टता ,ज्ञानबाट म अत्यन्त प्रभावित छु जो आज विश्वभर योग प्रचारको अभियान लिएर अगाडि बढेका छन् l प्राकृतिक चिकित्सा विज्ञानमा वहाँको बराबरीमा तुलना गर्न सकिने प्रतिभा कम नै होलान् l पुरानो बानेश्वर भीमसेन गोलाको प्राकृतिक चिकित्सालयमा वहाँसंग परिचित हुने अवसर प्राप्त भयो l प्रकृतिक चिकित्सा तथा शिक्षण अस्पताल  जहाँ मैले प्राकृतिक चिकित्सा शास्त्रमा स्नातक गरें डा.कमलप्रसाद अर्याल लेख्न र  चिकित्सा क्षेत्रमा कार्य गर्न सक्ने क्षमता हासिल गरेको थिएँ तर हाल म यो परिचय गुमाएको  अवस्थामा छु l मेरो जीवन र भविस्यमाथि हुन गएको खेलबाडको दोषी को ?यसको निर्णय हुनु अपरिहार्य  मानेर मैले यो लेख मार्फत जानकारी गराउने चेष्टा गरेको हुँ l मैले व्यक्तिगत रुपमा मेरो समस्याका बारेमा जानकारी हासिल गर्ने  विचार गरें सम्पर्क हुन सकेन केही समय अगाडि प्राकृतिक चिकित्सालय रहेको जमिन पनि विवादमा थियो l  यस सस्थाको गुणात्मक आदर्शबाट हालसम्म प्रेरित भएकाले मैले यस सस्था र मानासाग्नीका बिपक्षमा कुनै वकालत गर्ने अभिप्राय राखिन l हुन सक्छ मेरो प्रमाण-पत्र सस्थामा नै सुरक्षित छ  मैले लिन जाँदा प्राप्त गर्न सकुला  कुनै दिन डा. कमलप्रसाद अर्याल लेख्ने र बिरामीहरूलाई आवस्यक सुझाव दिने हैसियत राखुला यदि यस्तो हैसियत गुम्छ भने पुनरावेदन गर्ने अधिकार र पर्याप्त प्रमाण मसंग नगदी चेक जस्तै सुरक्षित छ l
             १२ वर्षको कलिलो उमेर मै घरबाट बहिष्कृत भएर भारतको एक गुरुकूलमा मैले सस्कृत  शिक्षा हासिल हासिल गरें यस क्रममा बिहान ३.३० देखि घंटीका भरमा दिनचर्या बित्थे ३.३० उठ्ने समयको घन्टी हो भने ४.३० मा योग,ध्यान ,साधना  कक्षामा हाजिर हुनुपर्ने थियो l १० वर्षको अध्ययन क्रमका पछिल्ला चरणमा  परिपक्वताका आधारमा  मैले प्रशिक्षको  भूमिका पनि निर्वाह गरें l नेपाल आएपश्चात योगी नरहरिनाथको सानिध्यता र बुवाले गर्दै आएको परम्परागत आयुर्वेदिक चिकित्सा अध्ययनतिर तल्लीन भइयो l हिमाली ,पहाडी क्षेत्रमा जाने अध्ययन अनुसन्धान र व्यापार गर्ने क्रम चल्यो l हिमालका पांच औले,बिखमा,निर्मसी ,भोटेखयर पदम्चाल्नु,जटामसी,चिराइतो,आफै खनियो खोस्रियो l पहाडी क्षेत्रमा महिनौ बिते  यसरी आयुर्वेद क्षेत्र मै लाग्ने  विचार, प्रेरणा र सद्भावले उत्साह थपिदै गयो l  आधिकारिकताको अभाव र आर्थिक लगानी अभावमा कानुनी र व्यवसायिक सफलता हासिल गर्न नसकिए पनि बिरामी सन्चो भएको हौसलाले हौसिदै गरको  थिएँ l चितवनको  बुवासित बैचारिक बेमेलका कारण  आजित भएर  पर्साढाप चितवनमा एक्लै औषधि लिएर  ८ महिना जति बसें l मकवानपुरको फुर्के चौरमा  कोटीहोम महायज्ञ आयोजना भएको थियो l बुवाले नजाने निर्णय गरेपछि भाइ र म गई आयुर्वेद सिवीर र संचालन गरियो l त्यसबेला मैले आयुर्वेद सम्मेलनको  योजना घोषणा गरें योगी नरहरीनाथ खुसी भए l १० जनाले  राति २ बजेसम्म बसेर हस्तलिखित पर्चा तयार गरियो l यथेष्ट प्रचार भए हरेकले एक झार,हाँगा,जरा ल्याउने यसले के काम गर्छ हामी बताउने छौ  मन्त्र नभएको अक्षर छैन औषधि बिनाको वनस्पति छैन भन्ने नाराका साथ  यो कार्यक्रम  सम्पन्न भएको थियो  l मैले सम्भव भएको बताएं बाकी योगी जीले   बताउनु भयो स्कुलको चौर खचाखच भरियो l कमल थापालाई  प्रमुख अतिथिको रुपमा बोलाइएको थियो  तर केही समय बसेर गानो गोलको औषधि लिएर हिडें l तत्कालीन सि .डी.यो मदनप्रसाद अर्याल लामो समय कार्यक्रममा बसे बाथको औषधि लिएर गए l योगी नरहरीनाथ अध्यक्ष भएको एक मात्र सस्थाको म सस्थापक सचिव भएर लामो समय बिताएँ l योगी नरहरिनाथ पछि मदनप्रसाद अर्याल अध्यक्ष हुँदा पनि म सचिव थिएंl जो रक्षा सचिवबाट सेवा निबृत भई  राज परिषद स्थायी समितिका तत्कालीन सचिव थिए l
   काठमान्डौको एक विद्यालयमा पढाउने प्रस्ताव आयो मैले सबै कुराबाट आजित भएर शिक्षण पेशा सुरु गरे l त्यस बखत डा. हरिप्रसाद पोख्रेलसित साक्षात्कार भयो l  प्राकृतिक चिकित्सा अध्ययन गर्ने ईच्छा प्रकट गरें l सस्कृतमा शास्त्री भएको अंग्रेजी नपढेको बताएँ l अरुका निम्ति आइ.एस.सी चाहिने अंग्रेजीमा पढ्ने मैले नेपालीमा पढे पनि हुने कुरा बताए l अरुले एनाटोमी एण्ड फिजियोलोजी पढे ,मैले शारीरिक रचना तथा क्रिया विज्ञान पढें l अरुले ब्लड सर्कुलेटरी  सिस्टम पढ्दा मैले रक्त संचार प्रणाली पढें l प्राकृतिक चिकित्साको  हरेक दिन  कक्षामा बस्ने अभिरुचीसाथ  अध्ययन र  अभ्यास कक्षामा बस्ने  हरेक वर्ष अरु सरह उतीर्ण हुदै गएको खबर पाएँ l ३ वर्षको प्रमाण- पत्र अन्तिममा पाउने भनियो  l सबैले प्रमाण- पत्र पाए  मैले पाइन l हरेक वर्षका  फारम भरेको रसिद र  प्रवेश पत्र  मसंग सुरक्षित  छन् l मैले केही समय पछि मानसाग्नी डा.हरिप्रसाद पोख्रेललाई भेटेर  असन्तोष व्यक्त गरें l चिन्ता नगर्नुस् तपाई पास हुनुभएको छ ,म स्वयम् दिल्ली जादै छु तपाईको प्रमाण-पत्र ल्याउने छु l मैले  हस् स्वीकृति दिएँ l करिव १ वर्ष पछि एकजना छात्रालाई स्वस्थ समस्या थियो उनलाई उनकै घरमा गएर मैले  अनेक प्रबिधि सिकाएँ अलि राम्रो सुधार भयो थप जानकारी लिन म डा साहबकोमा गएँ , आवस्यक सल्लाह सुझाव  दिए l  मैले सिकाएको कुरा ठीक भएको पुष्टि गरे l  थप उपचार त्यही अस्पतालमा पनि भयो l मैले पुन आफ्नो प्रमाण-पत्र खोजें म अनेक काममा ब्यस्त हुँदा मैले बिर्सिएछु सरी कमल जी फोन नम्बर दिनुस् म छिटै प्रमाण- पत्र लिन बोलाउने छु भन्ने कुरा आए ठिकै हो ठुला योजनामा लागेका मान्छे साना कुरा बिर्सन्छन भन्ने लाग्यो l
   बुवा र योगी नरहरी नाथको आयुर्वेदिक ज्ञान र मेरो प्रकृतिक चिकित्साको दक्षता आधिकारिकताको अभावका आधारमा स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तनकारी भूमिका निर्वाह गर्ने मेरो चाहना अझै मरेको छैन तर सम्भव भएको छैन l
     म मानसाग्नी  डा. हरिप्रसाद पोख्रेललाई दोष दिन पनि चाहन्न  मैले निकै आर्थीक समस्या भोगेका बेला शिक्षामा गरेको लगानी दुबेकै हो भने  न्यायालयसम्म जान पनि हिच्किचाउने  छैन l यस्ता कुरा म हाल डाक्टर सहबलाई ब्यतिगत रुपमा  भन्न सक्थे तर सामाजिक संजालमा मात्र सम्पर्क हुने अवस्था भयो भनेर मैले ब्यतिगत सम्पर्क गर्ने चेष्टा गरें  सम्भव भएन  l  मेरो प्रमाण पत्र पाउँ भनी  गरिएको निवेदन हो भन्ने अपेक्षा राखेको छु   l अन्यथा न लिइयोस वहाँको चरित्र हत्या गर्ने मनसाय मेरो होइन l साचै केही प्राबिधिक कमजोरी हुनसक्छ तर १४ वर्ष बितेछन  यो कहाँसम्मको न्याय हो? फोन गरेर प्रमाण- पत्र लिन बोलाउने बाचा भएको थियो l उहाँको जस्तै मेरो पनि  विश्वभर योग र प्रकृतिक चिकित्साका सम्बन्धमा  बहस गर्ने र आफ्नो ज्ञान  प्रतिभा  देखाउने चाहना हुन सक्छ l  कुनै एक व्यक्तिको जीवन नियाल्ने  फुर्सद होस् l अन्यथा म अन्याय मै परेको  बोध भएमा  न्याएको ढोका धकधकाउने  नै छु l
                    यसरी डा. हरिप्रसाद पोख्रेल र म अर्थात् मेरो सम्बन्ध स्थापित भएको हो l यो खबर   अवस्य सम्बन्धित क्षेत्रमा पुगोस्  एउटा पीडितले न्याय पाउनु पर्छ l हरेक कुरा न्यायालयमा पुगेर न्यायालयको   भार थोपरिनु  राम्रो पनि होइन र यस्ता महान् व्यक्तिबाट जानी नजानी हुन गएका गल्तीका निम्ति हठात  प्रतिशोधको भावना निकाल्नु पनि जायज होइन  तसर्थ  वहाँ र वहाँको सस्थालाई  हामीबाट भयानक भूल भएको हो भन्ने बोधार्थ होस् भन्ने अपेक्षा राखेको छु l

No comments:

Post a Comment