इन्द्र श्रेष्ठ ,इजरायल l
देशमा व्याप्त भ्रष्टाचार, अन्याय र अत्याचार बढिरहँदा पनि जनता मौन किन छन ? भ्रष्टाचारको विरूध्दमा शारदा भुसाल (झा) , डा. गोविन्द केसि र राजकिशोर साह वा विजय पौडेल आदिले मात्र बोलेर वा अनशन गरेर समस्या समाधान हुने होइन तर पनि जनताले यो कुरा किन वुझ्न सकेका छैनन । कतिन्जेल चुप लागेर वस्ने हो ? तपाइँ हामि आम नेपाली नागरीक नवोले सम्म देशको अवस्था यस्तै भइरहन्छ । कुन ठाउँमा भ्रष्टाचार छैन जहाँ पनि व्याप्त छ तर जति भए पनि हामिले राजनिति दलको मुख ताकेर केहि हुने वाला छैन । अहिले नेपालमा भ्रष्टाचार माैलानुको मुख्य कारण भनेको राजनितिदल नै हो । सबै यसका कठपुतलि नै भएका छन जहाँ पनि राजनिति हस्तक्षप र माफिया हरूको राज छ । उनिहरूकै कारणले गर्दा व्यापक भ्रष्टाचार मौलाएको छ । यसरी सधै यस्तो अवस्था आउन नदिन अब जनता वोल्नै पर्छ । गाउँ घरमा दुधमा पानि थप्नु देखि वैदेशिक रोजगार सम्म पियन देखि हाकिम र हाकिम देखि विभाग र मन्त्रालय सम्म भ्रष्टाचार व्याप्त छ । जहाँ पनि यहि हाल छ । अख्तियार जो देशको भ्रष्टाचारलाइ स्थलगत निरिक्षण गरी प्रमाण सहित सम्वन्धित निकाय अर्थात विशेष अदालत सम्म पुराइ कारवाहिका दायरामा ल्याउने निकायमा पनि भ्रष्टहरूको अखडा छ । त्यस्ता निकायमा भ्रष्टहरूको मुख्य व्यक्तिनै प्रमुख आयुक्त पदमा छन । यहाँ देशमा जसले वढि भ्रष्टाचार गर्छ उसलाइ नै सम्मान गरीन्छ । उसैले फुलको १११ किलो को माला लगाउँछन । यस्तो देशको अवस्था छ भने देशमा जनता मौन हुनुको कारण यो सबै भैरहेको छ भन्ने थाहा हुँदा हुँदै जनता हामि किन मौन ? जव वनाउन जानेका छ भने उनि हरूले गलत वा सहि के गरे यसको खवरदारी गर्ने काम पनि त जनताको हो नि ! चाहे नेता होस चाहे देशका कर्मचारी वर्ग सबै त जनताको करको भरमा चल्छन भने फेरी जनता यो किन वुझिरहेको छैन ? जनता देशका मालिक हुन्छन न कि नोकर, यो वुझ्न लाइ जनता हिच्किचाइरहेको अवस्था किन छ ? के यस्तै गरेर वसेमा देश सुध्रिन्छ त ? के चुप लाग्नु नै देशको समस्या को समाधान हो त ? एक जना वा दुइ जना ले वोलेर देशको समस्या समाधान हुने वाला छैन त्यहि भएर यदि अब जनता नवोले सम्म यसरी नै डा. गोविन्द केसि ,शारदा भुसाला, राजकिशोर साह ,जस्ता व्यक्ति हरू भ्रष्टाचारको विरूद्धमा उत्रिएर समस्या समाधान हुने देखिदैन त्यसैले सबै तप्का वाट सबै जनता जाग्नु र यो भ्रष्टाचारको विरूद्ध आवाज उठाउनु जरूरी छ ।

No comments:
Post a Comment