अष्ट्रेलियाको मेलवर्नमा एनआरएनका अध्यक्ष शेष घलेले करिब २२ अर्ब लगानीमा ५० तल्ले होटल र अपार्टमेन्ट निर्माण गर्ने भएको छ ।
शेष घलेको कम्पनी एमआईटी ग्रुपले अष्ट्रेलियाको मेलवर्नको मुख्य पर्यटकीय गन्तब्य क्वीन भिक्टोरिया मार्केटसँगै ५० तल्ले र ३० तल्ले गरी दुईवटा टावर बनाउन प्रस्ताव गरेको छ । भिक्टोरिया राज्य सरकारले हालै यो क्वीन भिक्टोरिया मार्केटलाई स्तरउन्नती गर्ने योजना अघि सारेपछि त्यसको अंगका रुपमा घलेको एमआईटी ग्रुपले अपार्टमेन्ट र होटल निर्माण गर्ने प्रस्ताब गरेको हो ।
एमआईटी ग्रुप होल्डिङकी प्रबन्ध निर्देशक जमुना गुरुङले भिक्टोरिया मार्केटसँगै बहुउपयोगी कम्प्लेक्स निर्माण गर्न लागिएको बताउनुभयो । ‘सुरुका तल्लाहरुमा सपिङ सेन्टर रहनेछ, माथि बुटिक होटल र सर्भिस अपार्टमेन्टको प्रस्ताव गरेका छौं’ घलले भन्नुभयो । यहाँ स्थापना गर्न लागिएको होटल पाँचतारेकै स्तरको ‘बुटिक होटल’ हुने उहाँले जानकारी दिनुभयो ।
परियोजनाका आर्किटेक्ट डिजाइनर कालम फ्रसरका अनुसार दुवै भवनमा २१० कोठाको होटल र ६०९ युनिट अपार्टमेन्ट हुनेछन् । जसमध्ये २१९ युनिट एक बेडरुम, २७३ दुई बेडरुम र १३ वटा तीन बेडरुमसहितका हुनेछन् ।
प्रस्तावित ब्यापारिक भवनमा २७९ पब्लिक कार पार्किङ, २७२ वटा बाइक पार्किङ, जिम र स्वीमिङ पुल पनि रहने छ । पाँचतारे होटलका लागि अमेरिकाको एस होटल ग्रुपसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । एमआईटीले चार बर्षअघि नै भवन बनाउने जग्गा किनिसकेको थियो ।
यो परियोजना निर्माण सम्पन्न गर्न २५ करोड अष्ट्रेलियन डलर (झण्डै २२ अर्ब नेपाली रुपैयाँ) खर्च हुने मेलवर्नको स्थानिय पत्रिका "दि एज भिक्टोरिया "ले बताएका छन् ।
शेष घले र उहाँकी धर्मपत्नी जमुना गुरुङ दुवैजना अष्ट्रेलियाका सर्वाधिक धनी २०० जनाको सूचीमा हुनुहुन्छ । उहाँहरुले मेलवर्न र सिड्नीमा मेलवर्न इस्न्टिच्यूट अफ टेक्नोलोजी कलेज संचालन गरिरहनुभएको छ भने एमआईटी ग्रुप अन्र्तगत बिभिन्न ब्यापारिक भवनको स्वामित्वसमेत छ । एमआईटीकै लगानीमा काठमाण्डौमा पाँचतारे होटल शेराटनको निर्माण पनि सुरु हुँदैछ ।

No comments:
Post a Comment