उत्तर कोरियालाई कुनै पनि उत्तेजनात्मक कार्य नगर्न अमेरिकाले आग्रह गरेको छ । उत्तर कोरियाका शासक किम जोन उनका फुपाजु चाङ सोङ थेकलाई उत्तर कोरियाली सञ्चारमाध्यमले बिहीबार सैनिक अदालतमा सत्ता पल्टाउन खोजेको अभियोग स्वीकारे लगत्तै चाङलाई मृत्युदण्ढ दिइएको जनाएको छ । भ्रष्टाचार तथा राष्ट्रघातको आरोपमा मृत्युदण्ड दिइएको घटना लगत्तै अमेरिकाले यस्तो आग्रह गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मारिइ हारिफले उत्तर कोरियाले गर्ने कुनै पनि उत्तेजनात्मक कार्य क्षेत्रीय स्थीरता विपरित हुने जनाएकी छन् । हारिफले उत्तर कोरियाली सत्तामा के भैरहेको छ भन्ने अनुमान नलगाउने भन्दै चाङको मृत्युदण्ड नृशंस कार्य भएको प्रतिक्रिया दिएकी छन् ।
अमेरिकाले कोरियाली प्रायद्धीपमा विकसित पछिल्लो घटनाप्रति गम्भीर चासो देखाउँदै आफ्ना सहयोगी मुलुकहरुसँग छलफल गरिरहेको जनाएको छ । परमाणु हतियार भएको मुलुक उत्तर कोरियामा शक्तिशाली राजनीतिज्ञ थेकको मृत्युदण्डले अस्थिरता निम्त्याउन सक्ने आंकलन गरिएको बीबीसीले जनाएको छ ।

No comments:
Post a Comment