शनिबार अभिनेत्री रेखा थापाले सुर्खेतको बिकट ठाउँमा बसोबास गर्दै आइरहेका राउटे जातिका ५२ परिवारलाई एक महिना सम्मको लागी ५२ बोरा चामल साथै केही नगद पनि सहयोग गरेकी छिन l केहि दिन अगाडी आफ्नो बर्षकै सफल चलचित्र काली देखाउनको लागी हङकङ पुगेकी नायिका रेखा थापाले हङकङबाट रेखा थापा फाउन्डेसन खोलेर समाजसेवामा लाग्ने उदघोष गरेकी थिइन।
नायिका थापाको यो सरहनीया कामबाट त्यहाँका राउटे समुहहरुले नायिका थापा पनि आज देखि आफ्नै परिवारको सदस्य भएको बताए रेखा थापा फाउन्डेसनको टोली सहित नायिका थापा आइतवार डडेल्धुरा पुगेर त्यहाका राउटेहरुसंग पनि भेट्ने योजना रहेको छ। त्यसैगरी नायिका सोमबार राउटे बालबालिकाहरुसंग २४ घण्टा जंगलमा बिताउने भएकी छिन।
रेखा थापाको आफनै अध्यक्षतामा रहेको रेखा थापा फाउन्डेसनले राउटे चेपाङ लगायतका बालबलिकाको हितमा काम गर्ने योजना अगाडि सार्न सुरुमा चारजना राउटे बच्चाबाट यो कार्य सुरुवात गर्नको लागी नै अहिले नायिका राउटेहरु बसोबास गर्ने ठाउँमा पुगेकी हुन। रेखा थापा फाउन्डेसनले ५ देखि ९ बर्षसम्मका राउटे बच्चाहरुलाई काठमण्डौ लगेर रेखा थापा फाउन्डेसन मार्फत शिक्षा तथा पालनपोषण गर्ने भएका छन।
ती राउटे बालबालिकालाई आम नागरिकसरह शिक्षा दिएर सफल नागरिक बनाउनुको साथै तीनीहरुको आमा बनेर नागरिकतासमेत दिलाउने रेखा थापा फाउन्डेसनको उद्देश्य रहेको छ। अहिलेलाई नायिका रेखा थापाले अफ्नो चलचित्र कालीको हङकङबाट प्रदर्शित रकम नै रेखा थापा फाउन्डेसनको यो कार्यमा लगानी गरेकी छिन।

No comments:
Post a Comment