Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, December 23, 2013

कफीका बारेमा अध्ययन अनुसन्धान गर्न कोरियाली विद्यार्थीको टोली नेपालमा l

लक्ष्मीप्रसाद सापकोटा , पर्वत l
होमस्टे संचालन भएको पर्वतको तिलाहार गाविस स्थित थामर्जुङ्गमा कोरियाको एक विद्यालयका विद्यार्थीको टोली आइपुगेको छ । कफी उत्पादनका लागि पकेट क्षेत्र मानिने थामजर्ङ्ग गाउँमा कफीका बारेमा अध्ययन अनुसन्धान गर्नका लागि कोरियास्थित सियोलमा रहेको ग्युम्सान गान्धी विद्यालयका २५ वना विद्यार्थीको टोली आएको हो ।  खासगरी नेपालवाट बढि मात्रामा कफी कोरीयामा निर्यात हुने र कफीको बारेमा अध्ययनका लागि उनिहरु यहाँ आइपुगेका हुन् ।
उनीहरु हिमालयन अग्र्यानिक प्रालिको सहयोगमा थामर्जुङमा आइपुगेका हुन् । नेपाली कला सँस्कृति, रहनसहन, रितिरिवाज र नेपाली जीवनशैलिका वारेमा बुझ्नका लागि नेपाल आएको ग्युम्सान गान्धी विद्यालयका शिक्षक गोनीले बताए । उक्त टोली एक सातासम्म थामर्जुङमानै रहने र कफी प्रशोधन, उत्पादन र बजारीकरणका वारेमा अध्ययन गर्ने भएका छन् । त्यसैगरी भर्खरै मात्र शुरु भएको गाउँको होमस्टेको प्रवद्र्धन गर्नका लागि पनि उनीहरुको भ्रमणले ठुलो सहयोग पु¥याउने स्थानियको दावी छ ।
स्वाद र गुणस्तरको हिसावले नेपालकै सर्वोकृष्ट कफीको प्रचार, कृषिजन्य बस्तुको उत्पादन तथा प्रबद्र्धन, स्थानीय कला र सँस्कृतिको जगेर्ना गर्दै गाउँ छाडेर जाने वा विदेशीने प्रबृतिलाई रोकी स्थानीयस्तरमै स्वरोजगार सृजना गर्ने उदेश्यले थामर्जुङ गाउँमा होमस्टे संचालन गरिएको हो । जिल्ला कफी व्यवसायी संघ पर्वतको सहयोगमा  स्थानीय हिमाल कफी सहकारी संस्था लिमिटेडले होमस्टे संचालन गरेको हो । अहिले उक्त गाउँका ११ घरमा होमस्टे संचालन भएको छ ।
विद्यार्थीहरुको टोलीलाई स्थानीय हिमाल कफी सहकारी तथा होमस्टे संचालक समितिले बाजागाजा सहित स्वागत गरेको थियो । स्वागतपश्चात आयोजित कार्यक्रममा हिमालयन अर्गानिक प्रालिका डाईरेक्टर सन्तोष पोखरले, टोलीका संयोजक गोनी, लगायतले थामर्जुङको कफी र पर्यटनको सम्भावनाका बारेमा वोलेका थिए । हिमालय कफी सहकारी संस्थाका अध्यक्ष चित्रवहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहकारीका कोषाध्यक्ष भिमप्रसाद भट्टराई र संचालन जिला कफि व्यावसायी संघका अध्यक्ष भवानी शर्माले गरेका थिए ।  
-कारोबार 

No comments:

Post a Comment