Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, October 20, 2013

किन कोरियनहरू प्रवासीका पक्षमा ?

कमलप्रसाद अर्याल ,सउल, दक्षिण कोरिया l

मजदुर अधिकारका विषयमा क्रियाशील कोरियन मजदुर युनियनले बारम्बार प्रवासीका हक अधिकारमा चासो दिएका छन् l हामी प्रवासी क्रियाशील हुन नसकिरहेको यस अवस्थामा कोरियनहरू नै हाम्रा अधिकारका निम्ति किन यति धेरै महत्व दिन्छन त भन्ने विषयमा मेरो निकै चासो बढ्यो र मैले केही रहस्यहरू पाएँ  त्यसलाई आज हामीबीच पनि ज्ञात हुनु आवस्यक ठानेर मैले प्रकाश पार्ने जमर्को गरेको हुँ l के .सी टी.युमा विभिन्न १६ मजदुर संगठन आवद्ध छन् जस मध्येको  एक प्रवासी मजदुर युनियन पनि  हो यसलाई छोटकरीमा  एम .टि.यु. भनिन्छ l

यस प्रवासी मजदुर युनियनमा विशेषत इ पी यस लागु भएका देशका नागरिक सदस्य छन् र  अनेक कार्यमा क्रियाशील  मजदुर यसका सदस्य छन् l नेपालका निम्ति संयोजकको दायित्व पाएको कारण  केही रहस्यहरूको उद्घाटन गर्नु मेरो दायित्व पनि हो l चरम विकासको उत्कर्षमा पुगिसक्दा पनि  वर्गीय असमानता यहाँको जटिल समस्या हो उद्योग पति ब्यापारी र सिमित व्यक्तिसंग असीमित धन राशी हुनु, गरिब मजदुर जीवन निर्वाहका निम्ति  मर्ने बेलासम्म पनि दुख गर्नुपर्ने , मजदुर परिवारका सदस्यहरू आफ्नो ब्यतिगत जीवनमा विस्वास गर्ने र  बाबु आमाप्रतिको दायित्व बोध नहुनुले कुप्री परेका बूढा बुढीसमेत ज्यालादारीको काम गरी जीवन निर्वाह गर्नुपर्ने जस्ता बिकराल समस्या एकातिर छन् भने बेरोजगारीको अवस्था झन् भयावह छ l

काम नगरे जीविका चल्दैन  हामी प्रवासीलाई त खान बस्न कम्पनीले दिन्छ कमाएको पैसा स्वदेस पठाउन सकिन्छ तर कोरियन नागरिकलाई यो महंगीमा घर चलाउनु छ केटा केटीको पढाई लेखाइको दाईत्व छ l काम गरेर आफ्ना केटाकेटीको शिक्षा -दीक्षा पूरा गर्ने प्रयास गर्दा गर्दै असफल भए पश्चात् पुन मजदुरका सन्तान जहिले मजदुर नै रहने  र छोरा छोरीले आफ्नो कर्तब्य बिर्सिए पनि बाबु आमा भने आफ्ना कर्तब्य पूरा गर्ने प्रयासमा रहेको मैले पाएँ l        बेरोजगारीको प्रमुख समस्याको मूल जरो भनेका नै प्रवासी मजदुर देखिएका छन l प्रवासी मजदुर सस्ता ,बोनस दिनु नपर्ने ,गाली  गरेकै भरमा जस्ता काममा पनि लगाउन सकिने ,कुनै  स्वास्थ्यलाई  हानी हुने र ज्यान  जोखिममा पर्ने काममासमेत लगाउन सकिने ,कृतिम संबैधानिक जटिलता सिर्जना गरी स्वदेश फर्काउने धम्की कै भरमा २-४ जना जनशाक्ति लाग्ने काम एक प्रवासी मजदुरबाट गराउने जस्ता अनेक लाभहरू यहाँका उद्योगपतिहरूले लिदै आएको कुरा सर्वविदित नै छ l

यस्ता स्वार्थको स्वाद चाखेका  कोरियनहरू  कोरियन मजदुर राख्न खोज्दैनन् किनकि एक कोरियन मजदुरको सुविधाले २ प्रवासी मजदुर राख्न सकिने भइयो अनि ४ जनाको काम दुईजनाबाट गराउन सकिने भइयो l अधिकांश  संसद व्यवसायी र  उद्योग पति भएकाले आफ्ना स्वार्थ मै नीति निर्माण गर्ने भए त्यसैले  प्रवासी मजदुरको शोषणको प्रत्यक्ष  प्रभाव कोरियन मजदुरमाथि  परेको हो l  प्रवासी मजदूरले पनि हमीसरह सुबिधा पाए भने  कोरियामा बेरोजगारी समस्या समाधान होला कि भन्ने आकलन पनि हो l तर यसलाई  हामीले  गलत अर्थमा नभएर अवसरको रूपमा लिन सकियो भने निस्चय नै उल्लेख्य  लाभ आर्जन गर्न सकिन्छ l    मानव अधिकारका आधारभूत  अधिकारबाट बन्चित हामी मजदुरका आवाज यस घडीमा जोरदारसाथ उठान गर्न सकियो भने  अन्तराष्ट्रिय अधिकारकर्मी  अन्तराष्टिय मजदुर संगठन र कोरियन मजदुर युनियनको बलियो समर्थन रहेको अवस्थामा हामी स्वयम् अहिले  सुस्ताउनु भनेको  ठुलो उपलब्धि गुमाउनु नै हो l विकसित राष्ट्र सरह हामीले सुबिधा पाउन सके गर्वसाथ यहाँ बस्न सकिन्छ  l

परिवारसंग बस्न पाउने अधिकार,जुनदेशमा कमायो त्यहाँ लगानी गर्न पाउने अधिकार , कोरियन मजदुरसरहका सबै अधिकार ,मानवोचित व्यवहार,जस्ता कुरामा आज के सी टि युले समर्थन गरेको छ भने हामी  पाएका उपलब्धि वा कोरिया आउनु र  सिमित अर्थ आर्जन गर्नुलाई  नै ठुलो उपलब्धि मान्दै छौं  यो दुर्भाग्यपूर्ण अवस्था हो l हाल नोभेम्बर ९ र १० तारिक अधिराज्य केन्द्रित बृहद जुलुस  सउलमा हुदै छ नेपाली खानाको परिकार सहितको  व्यवस्था गरिएको छ भने प्रवासी मजदुर हक अधिकारका निम्ति पूरा कोरियन मजदुर तातेको अवस्था छ  हाम्रा हक अधिकारका निम्ति हामी नै सुस्ताउनु ठीक हो त ?जसमा अस्थायी कामदारलाई स्थाई गर्नुपर्ने,कोरियन तथा प्रवासी मजदुरका हक सुनिश्चित गरिनु पर्ने,सेवा सुबिधा बढाउनु पर्ने ,निष्काशनमा परेका कामदारको पुनर्बहाली हुनुपर्ने,अमानवीय दवाब बन्द गरिनु पर्ने,प्रवासी मजदुरले आफूखुसी कम्पनी परिवर्तन गर्न पाउनु पर्ने जस्ता मागलाई सशक्ततासाथ  अगाडि सारिएको छ l    आज विश्वका हरेक मानिस हरेक ठाउमा सहज ढंगले आवत जावत गर्न सक्ने अवस्था भएको छ l

मानवअधिकारका कुरा उठाउनु भनेको लज्जाको कुरा हो पशु अधिकारको वकालत गर्ने युग आइसकेको छ l कोरिया जस्तो सम्पन देशमा यन्त्रमानव सरह वा दाशता लाई मौन समर्थन गर्दै बाच्नुलाई  निन्दनीय जीवन ठान्दै  आत्म हत्या गर्ने नेपालीको संख्या दिनानुदिन बढ्दो छ l घर फर्कौ फलाना फलानाले पैसा कमाए तँ हुतिहारा फर्किस भन्लान भन्ने डर बसु हरेक दिन आत्मा मारेर बाच्नु  परेको छ  पैसाका निम्ति आत्मा बेचेर अपमान र तिरस्कारको जीवनबाट मुक्ति पाउन संगठित हुनुको विकल्प छैन l यहाँ  हामी हक अधिकारका कुरा गर्छौ मजदुर हीतका कुरा गरिन्छ तर यहाका समाजसेवी भनौदाहरू न त समर्थ गर्छन न त मजदुर युनियनका सम्बन्धमा सकारात्मक संदेश नै प्रवाह गर्छन यस्तो अवस्थामा हामी मजदुर एक हुनुको विकल्प छैन l

अहिले यो हाम्रा हक अधिकार स्थापित गर्ने ठुलो  अवसर हो सबै प्रवासी मजदुर एक भएर एक पल्ट निस्कन सकियो भने बारम्बार मर्नु पर्दैन त्यसैले अब एक झट्का लगाउदै आफ्नो  शक्ति प्रदर्शन गर्ने बेला आएको छ l जसरी भए पनि यस महा अभियानमा सहभागी बन्न म एम टि यु को नेपालका निम्ति संयोजकका हैसियतबाट  ओसान छनान सुवन क्षेत्रको अध्यक्षका हैसियतले अनुरोधसमेत गर्दछु l ला भन्दै कोही आउदैन अधिकार भएको कुरा माग्नु पर्छ  नपाए खोस्नुपर्छ ,लडेर भए पनि जसले लियो त्यसले जान्यो  अन्याय अत्याचारमा हरेक दिन मरेर बाच्नु भन्दा एक पल्ट वीरता प्रदर्शन गरौ साहस गरौ, सबै सहभागी होऔं l

साथै राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र नेपालको  आजीवन सदस्य  बनौ भन्ने आग्रह पनि  गर्दछु l

No comments:

Post a Comment