कमलप्रसाद अर्याल ,सउल, दक्षिण कोरिया l
बिशेष रुपमा नेपाल भारतमा चलेको पत्रकारिताको एक विधाको रुपमा यो पत्रकारिता अगाडि बढेको छ l कसैलाई कसैका कुरा चित्त बुझेन भने पीक पत्रकारिताको आक्षेप लाग्ने गर्दछl विशेषरुपमा नेताका बिरोधमा कुनै पत्रकार उभियो भने उसलाई यो बिल्ला लगाइने गरिन्छ l कतिपयलाई जिज्ञासा हुनसक्छ के होला यो पीक पत्रकारिता म पनि किन यसो भनियो होला जस्तो ठान्थे आज यसको नालीबेली खोल्न मन लाग्यो l पीकको अर्थ थुक हो l जतिबेला जहाँ मन लाग्यो पिच्च थुक्ने बानि नेपाल र भारतका नागरिकमा बढी पाइन्छ l किन कि पान सुर्तीको सेवन प्राय नेपाल भारत मै हुन्छ र सुर्ती पान खानेले थुक्न मन लाग्यो कि कुना खोजेर कुकुरले शौच गरे जस्तै पिच्च परिहाल्छ l त्यसैले भारतका सरकारी कार्यालय र सार्वजनिक स्थानको भर्यांग वरिपरी रातै पहेंलै हुने भएकाले यो पीकदान वा पिक पात्र राख्न थालियो तर थुक्नेले योग्य स्थान नखोजी पिच्च परिहाल्छ l
त्यस्तै कुनै विचार नगरी लागेको कुरा अन्दाजका भरमा लेखिहाल्ने पत्रकारलाई पिक पत्रकार भनिएको हो l पिक पत्रकारिता पनि अभ्यास हो यस्तो पत्रकारितामा अभ्यस्त भएका पत्रकारहरू कसैका गतिला कुरै देख्दैनन् रे भए नभएका कुरा लिकलेर नभएका गल्तीलाई पनि भएको पारेर त्यस्तो अर्थ र अभिप्राय निकालेर खेदो खन्दै उछितो काट्ने पत्रकारितालाई पीक पत्रकारिता भनिएको हो l कहिले कतै राम्रा काम आफ्ना आँखा अगाडि नै भए पनि पिक पत्रकारिता गर्नेले देख्दैन रे अलि आलोचनात्मक विषयवस्तु देखेमा विस्वको जानकारी राख्दछ l गोरोलाई कालो पार्नु पीक पत्रकारिता हो l मलाई १/२ घटना याद छ कतै आन्दोलन भयो भने श्रमिकका पक्षमा समाचार संकलनमा गएका पत्रकार रोजगारदाताले अलि राम्रो स्वागत सम्मान र दक्षिणा टक्र्याएमा रोजगार दाता कै प्रसंसामा भोलि पल्ट समाचार लेखिएका अनि कुनै बेला त यति दिने भए समाचार लेख्दिन नत्र लेखिदिन्छु पनि भन्थे रे l यसरी विकसित भएको पत्रकारितालाई पीक पत्रकारिता भानिन्छl
पत्रकार छुचा हुन्छन नै किन कि यसले पिडित वा पीडकको पक्षमा लेख्ने गर्दछl सिद्धान्त,आस्थामा कहिले पत्रकार अन्धो भएको नाटक गर्छ, लाज पचाएर उभिन्छ अनि पिडित आक्रोषित हुन्छ l पीडक होस् वा पिडित जसका बिरुद्धमा लेखियो त्यही खनिन्छ अनि जति खनियो उति खुराक निस्कंछl यो हो पीक पत्रकारिता l मैले अस्ति कोरियन सुन्दर युवती जस्तै एक युवती देखें l लवाई , हिडाई, रुप ,सौन्दर्य अहा! राम्री रैछिन्, भनिहाल्यो मनले पुरुष मन न हो l अभिव्यक्ति दिनु अपराध होला बिधि निषेधका घेरा होलान् मनले जे सोचे पनि हुने जो कोहीले सोच्न सक्छ l यस्तै हो यहाँको समाज छोटा लुगा लगाउनु सार्वजनिक स्थान मै चुम्बन गर्नु आज सनिवार आफ्नो प्रेमी भेट्न हिडेकी होली l आज नै हो कोरियनको आफन्त भेट्ने दिन तर राम्री रैछिन् ती युवती यस्तै हो यहाँ बिना मतलब कोही कसैसित बोल्दैन जस्ले जे गरेपनि उसको स्वतन्त्रता हुन्छ यस्तै कुरा मनमा खेल्दै गयो l बस खाली खाली थियो म बसेको सीट अगाडि उनी बसिन् l म पछाडि सिटमा हामी एक्ला एक्लै थियौ l अब डेढ घन्टाको बाटो सुत्नुमा नै हीत होला मेरा आँखा लोलाउदै आए दिनभर कामको थकाई अचानक उनको फोन आयो मधुर नेपाली आवाजमा कुरा गर्न थालिन म अचम्म परे नेपाली बैनी हुबहु कोरियन जस्ती कता कता कुनै नेपाली बैनीहरु पनि यतिका राम्रा त हुन्छन अलिअलि नेपाली माटो वास्ना आए जस्तो त लागेको थियो तर मनले विस्वास गरेको थिएन l
उनको फोन रोकियो मेरो जिज्ञासाले कुतकुती बढाउदै गयो अनि मैले सोधें बैनी नेपाली पो हुनुहुदो रहेछ , मैले त कोरियन ठानेको कस्तो कोरियन जस्तै देखिएको ? उनले भनिन् हो दाइ म नेपाली नै हो आउनु न संगै बसौ उनको आग्रह अनुसार म गएँ वर्ष २३ कि निकै फरासिली निकै कुरा भए l हसिलो अनुहार अचनाक अँध्यारो हुदै गयो l दाइ एफ २ विसामा कोरियनसित विवाह गरेर आएकी ,बा को खुट्टा भाचिएको छ स्टिलको पाता हालेको छ , दिदी अपांग छे बोल्दिन सुन्दिन भाइ बैनी पढ्दै छन म एउटी सबल भएकीले यस्तो कदम चालें l आमाजू ज्यादै दुष्ट परी कुट्ने पिट्ने तर्साउने पकाउन लगाउने मलाई के थाहा कोरियन खाना कस्तो नसिकाउने भाषा जानिन भन्ने पिट्ने यस्तो ज्यादतिका मर्मभेदी भाव पोख्दैआँखा बाट आँशु झर्दै थिए l मलाई छोरीको सम्झना आयो भाबुक भए आँशु पुछिदिन पनि सकिन l अस्ति भर्खर आत्महत्या गर्ने धादिंगकी दिदीलाई जुन मेनपावरले पठायो त्यहीबाट म आएकी १ लाख खर्च पनि भो ७ ताला माथिबाट हामफालेर मर्ने सुर कसेकी थिएँ बा, आमा,भाइ बैनीको र अपांग दिदीको कर्तव्यले मर्न सकिन १ जोर लगाएको कपडामा भागे निकै दुख पाएँ l नेपाली पनि भेटिन दुतावासले सहयोग गर्दैन रे समातेर नेपाल पठाई दिन्छ रे भनेर दुतावास जानुभन्दा मर्न ठिक ठानेर आत्महत्याको योजना त बनाएँ तर कसो कसो भाग्न सफल भएं l यस्ता बिलौना सुनेर कता कता पत्रकारले विरोधमात्र गर्दा यस्ता दुर्घटना निम्तन सक्दा रहेछन l त्यसैले अलि बिरोधको प्रभावलाई पनि विचार गर्नु पर्ला कि कसैका बिपक्षमा मात्र लेख्दा त्यस ब्यक्ति र सस्थाप्रति जाने सन्देशले यस्ता भयानक दुर्घटनालाई निम्ता नदेओस् मैले मन मनै भने-' धन्य भगवान यी अबोध र कर्तव्यनिष्ट बैनीलाई जीवन दिएकोमा l'
बिशेष रुपमा नेपाल भारतमा चलेको पत्रकारिताको एक विधाको रुपमा यो पत्रकारिता अगाडि बढेको छ l कसैलाई कसैका कुरा चित्त बुझेन भने पीक पत्रकारिताको आक्षेप लाग्ने गर्दछl विशेषरुपमा नेताका बिरोधमा कुनै पत्रकार उभियो भने उसलाई यो बिल्ला लगाइने गरिन्छ l कतिपयलाई जिज्ञासा हुनसक्छ के होला यो पीक पत्रकारिता म पनि किन यसो भनियो होला जस्तो ठान्थे आज यसको नालीबेली खोल्न मन लाग्यो l पीकको अर्थ थुक हो l जतिबेला जहाँ मन लाग्यो पिच्च थुक्ने बानि नेपाल र भारतका नागरिकमा बढी पाइन्छ l किन कि पान सुर्तीको सेवन प्राय नेपाल भारत मै हुन्छ र सुर्ती पान खानेले थुक्न मन लाग्यो कि कुना खोजेर कुकुरले शौच गरे जस्तै पिच्च परिहाल्छ l त्यसैले भारतका सरकारी कार्यालय र सार्वजनिक स्थानको भर्यांग वरिपरी रातै पहेंलै हुने भएकाले यो पीकदान वा पिक पात्र राख्न थालियो तर थुक्नेले योग्य स्थान नखोजी पिच्च परिहाल्छ lत्यस्तै कुनै विचार नगरी लागेको कुरा अन्दाजका भरमा लेखिहाल्ने पत्रकारलाई पिक पत्रकार भनिएको हो l पिक पत्रकारिता पनि अभ्यास हो यस्तो पत्रकारितामा अभ्यस्त भएका पत्रकारहरू कसैका गतिला कुरै देख्दैनन् रे भए नभएका कुरा लिकलेर नभएका गल्तीलाई पनि भएको पारेर त्यस्तो अर्थ र अभिप्राय निकालेर खेदो खन्दै उछितो काट्ने पत्रकारितालाई पीक पत्रकारिता भनिएको हो l कहिले कतै राम्रा काम आफ्ना आँखा अगाडि नै भए पनि पिक पत्रकारिता गर्नेले देख्दैन रे अलि आलोचनात्मक विषयवस्तु देखेमा विस्वको जानकारी राख्दछ l गोरोलाई कालो पार्नु पीक पत्रकारिता हो l मलाई १/२ घटना याद छ कतै आन्दोलन भयो भने श्रमिकका पक्षमा समाचार संकलनमा गएका पत्रकार रोजगारदाताले अलि राम्रो स्वागत सम्मान र दक्षिणा टक्र्याएमा रोजगार दाता कै प्रसंसामा भोलि पल्ट समाचार लेखिएका अनि कुनै बेला त यति दिने भए समाचार लेख्दिन नत्र लेखिदिन्छु पनि भन्थे रे l यसरी विकसित भएको पत्रकारितालाई पीक पत्रकारिता भानिन्छl
पत्रकार छुचा हुन्छन नै किन कि यसले पिडित वा पीडकको पक्षमा लेख्ने गर्दछl सिद्धान्त,आस्थामा कहिले पत्रकार अन्धो भएको नाटक गर्छ, लाज पचाएर उभिन्छ अनि पिडित आक्रोषित हुन्छ l पीडक होस् वा पिडित जसका बिरुद्धमा लेखियो त्यही खनिन्छ अनि जति खनियो उति खुराक निस्कंछl यो हो पीक पत्रकारिता l मैले अस्ति कोरियन सुन्दर युवती जस्तै एक युवती देखें l लवाई , हिडाई, रुप ,सौन्दर्य अहा! राम्री रैछिन्, भनिहाल्यो मनले पुरुष मन न हो l अभिव्यक्ति दिनु अपराध होला बिधि निषेधका घेरा होलान् मनले जे सोचे पनि हुने जो कोहीले सोच्न सक्छ l यस्तै हो यहाँको समाज छोटा लुगा लगाउनु सार्वजनिक स्थान मै चुम्बन गर्नु आज सनिवार आफ्नो प्रेमी भेट्न हिडेकी होली l आज नै हो कोरियनको आफन्त भेट्ने दिन तर राम्री रैछिन् ती युवती यस्तै हो यहाँ बिना मतलब कोही कसैसित बोल्दैन जस्ले जे गरेपनि उसको स्वतन्त्रता हुन्छ यस्तै कुरा मनमा खेल्दै गयो l बस खाली खाली थियो म बसेको सीट अगाडि उनी बसिन् l म पछाडि सिटमा हामी एक्ला एक्लै थियौ l अब डेढ घन्टाको बाटो सुत्नुमा नै हीत होला मेरा आँखा लोलाउदै आए दिनभर कामको थकाई अचानक उनको फोन आयो मधुर नेपाली आवाजमा कुरा गर्न थालिन म अचम्म परे नेपाली बैनी हुबहु कोरियन जस्ती कता कता कुनै नेपाली बैनीहरु पनि यतिका राम्रा त हुन्छन अलिअलि नेपाली माटो वास्ना आए जस्तो त लागेको थियो तर मनले विस्वास गरेको थिएन l
उनको फोन रोकियो मेरो जिज्ञासाले कुतकुती बढाउदै गयो अनि मैले सोधें बैनी नेपाली पो हुनुहुदो रहेछ , मैले त कोरियन ठानेको कस्तो कोरियन जस्तै देखिएको ? उनले भनिन् हो दाइ म नेपाली नै हो आउनु न संगै बसौ उनको आग्रह अनुसार म गएँ वर्ष २३ कि निकै फरासिली निकै कुरा भए l हसिलो अनुहार अचनाक अँध्यारो हुदै गयो l दाइ एफ २ विसामा कोरियनसित विवाह गरेर आएकी ,बा को खुट्टा भाचिएको छ स्टिलको पाता हालेको छ , दिदी अपांग छे बोल्दिन सुन्दिन भाइ बैनी पढ्दै छन म एउटी सबल भएकीले यस्तो कदम चालें l आमाजू ज्यादै दुष्ट परी कुट्ने पिट्ने तर्साउने पकाउन लगाउने मलाई के थाहा कोरियन खाना कस्तो नसिकाउने भाषा जानिन भन्ने पिट्ने यस्तो ज्यादतिका मर्मभेदी भाव पोख्दैआँखा बाट आँशु झर्दै थिए l मलाई छोरीको सम्झना आयो भाबुक भए आँशु पुछिदिन पनि सकिन l अस्ति भर्खर आत्महत्या गर्ने धादिंगकी दिदीलाई जुन मेनपावरले पठायो त्यहीबाट म आएकी १ लाख खर्च पनि भो ७ ताला माथिबाट हामफालेर मर्ने सुर कसेकी थिएँ बा, आमा,भाइ बैनीको र अपांग दिदीको कर्तव्यले मर्न सकिन १ जोर लगाएको कपडामा भागे निकै दुख पाएँ l नेपाली पनि भेटिन दुतावासले सहयोग गर्दैन रे समातेर नेपाल पठाई दिन्छ रे भनेर दुतावास जानुभन्दा मर्न ठिक ठानेर आत्महत्याको योजना त बनाएँ तर कसो कसो भाग्न सफल भएं l यस्ता बिलौना सुनेर कता कता पत्रकारले विरोधमात्र गर्दा यस्ता दुर्घटना निम्तन सक्दा रहेछन l त्यसैले अलि बिरोधको प्रभावलाई पनि विचार गर्नु पर्ला कि कसैका बिपक्षमा मात्र लेख्दा त्यस ब्यक्ति र सस्थाप्रति जाने सन्देशले यस्ता भयानक दुर्घटनालाई निम्ता नदेओस् मैले मन मनै भने-' धन्य भगवान यी अबोध र कर्तव्यनिष्ट बैनीलाई जीवन दिएकोमा l'
No comments:
Post a Comment