| कल्पना राई"खुशी" - |
जिन्दगीका मुद्धाहरु कति-कति छिने मैले//
मान्छे रुपी आकृतीमा कालो मन चिने मैले//
रात रात हुन्न केहि धैर्य याहा गर्ने पर्छ,
बर्षौ बर्ष कर्म बेची थोरै खुशी किने मैले//
लटरमै फल्यो आज हिरा मोती जता त्यतै,
यही धन कमाउन काँडा माथी हिने मैले//
बिर्सी दिएँ आफुलाई, अरुलाई हर्ष दिन,
जिम्दा आफ्ना ईच्छाहरु घट्टो माझ पिने मैले//
सुख भोग्न दु:ख रोज्नु,कर्म ठुलो भाग्य सामु,
भोगाईका दुई शब्द यति नै हो दिने मैले//
कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया
No comments:
Post a Comment