| -बुद्धि मोक्तान |
बर्षा याम गैरी खेत आली मन पराएँ ।
मङ्सिरमा टन्न दाना बाली मन पराएँ ।
छुपु छुपु बिउ रोप्थीन मेरी मनकी रोपार
छ्यापेँ हिलो बदलामा गाली मन पराएँ ।
घुम ओढी लुकाकीथिन निर्मम चिर्ने अधर
भर्नु थियो सिउदो मैले खाली मन पराएँ ।
छ्यापा छ्याप चल्दा यहाँ हिलै भयो शरीर
खले गरो रङ्ग मन्च भो ताली मन पराएँ ।
एक पछी अर्को आए हिलो बोकी बोकी
साईनो बुझेँ बहिनी रैछे साली मन पराएँ ।
हिलो छ्यापी नाता गाँसी पूज्ने थियो रहर
'बुद्धि'मता रोपारकी थाली मन पराएँ ।
-बुद्धि मोक्तान ,
दक्षिण कोरिया l
No comments:
Post a Comment