अनुशा तामाङ् , काठमाण्डौ ।
राष्ट्रपती रामवरण यादवले कोरिया ल्याउन लागिएको लुम्बिनीको शान्ति द्दिप हस्तान्तरण गरेका छन्।
राष्ट्रपती निवासमा आज आयोजित एक बिशेष कार्यक्रममा राष्ट्रपती यादवले कोरियाको दोसन्सा गुम्बाका मुख्य पुजारी सम्मुख हेजालाई हस्तान्तरण गरेका हुन्। सो अवशरमा परराष्ट्रमन्त्री माधव प्रसाद घिमिरे ,संस्क्रिती ,पर्यटन तथा नागरिक उड्यन मन्त्री राम कुमार श्रेष्ठ ,नेपालका लागी कोरियाली राजदूत ,श्रीलंकाली राजदूत लगायतको उपस्थिती रहेको थियो। उक्त विश्व शान्ती द्दिप ह्स्तान्तरण समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री घिमिरेले यस कार्यबाट दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ र सुमुधुर बनाउने बताए। त्यस्तै समारोहलाई सम्बोधन गर्दै कोरियाका लागी नेपाली राजदूत कमान सिंङ् लामाले भगवान गौतम बुद्दको जन्म स्थल लुम्बिनीबाट विश्व शान्ति द्दिपलाई कोरिया लिएर गई प्रतिस्थापना गर्ने कार्यले भगवान बुद्दको दर्शन एसियामा पुनर्जागरण गराउने कार्यमा सहयोग मिलेको बताए। साथै राजदूत लामाले यस्ता कार्यले नेपाली र कोरियाली जनताको बीच धार्मिक तथा सांस्क्रितीक सम्बन्धको उचाई थप गर्दै लुम्बिनीलाई बौद्द धर्मालम्बीहरूको पवित्र धार्मिक तिर्थ स्थलको रुपमा बिकास गर्न योगदान पुगेको बताए। त्यस्तै उनले यो पवित्र कार्यमा योगदान दिनुहुने नेपाल सरकारका पदाधीकारीहरू ,लुम्बिनी बिकास कोष ,नेपाल र कोरियामा गठित नागरिक समितीका सदस्यहरु र दोसन्सा मन्दिरका मित्रहरू सबै प्रति आभार व्यक्त गरे।
उक्त हस्तान्तरण कार्यक्रम लगत्तै कोरियन पक्षले राष्ट्रपती निवासमा छोटो झांकी प्रस्तुत गरेको थियो। उक्त द्दिप लिएर राजदूत लामा ,उनकी धर्मपत्नी ईन्द्रमाया तामाङ्, दोसन्सा मन्दिरका मुख्य पुजारी हेजा लगायतको टोली यंहाको स्थानिय समय अनुसार दिउसो ३ बजे हिडेको जानकारी प्राप्त भएको सौल स्थित नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले नेपालकोरियाटाईम्सलाई बताए।
विश्व शान्ती द्दिप यात्रालाई कोरीयाली र नेपाली मिडियाले प्रमुखताका साथ प्रसारण गरेका थिए।
राष्ट्रपती रामवरण यादवले कोरिया ल्याउन लागिएको लुम्बिनीको शान्ति द्दिप हस्तान्तरण गरेका छन्।
राष्ट्रपती निवासमा आज आयोजित एक बिशेष कार्यक्रममा राष्ट्रपती यादवले कोरियाको दोसन्सा गुम्बाका मुख्य पुजारी सम्मुख हेजालाई हस्तान्तरण गरेका हुन्। सो अवशरमा परराष्ट्रमन्त्री माधव प्रसाद घिमिरे ,संस्क्रिती ,पर्यटन तथा नागरिक उड्यन मन्त्री राम कुमार श्रेष्ठ ,नेपालका लागी कोरियाली राजदूत ,श्रीलंकाली राजदूत लगायतको उपस्थिती रहेको थियो। उक्त विश्व शान्ती द्दिप ह्स्तान्तरण समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री घिमिरेले यस कार्यबाट दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ र सुमुधुर बनाउने बताए। त्यस्तै समारोहलाई सम्बोधन गर्दै कोरियाका लागी नेपाली राजदूत कमान सिंङ् लामाले भगवान गौतम बुद्दको जन्म स्थल लुम्बिनीबाट विश्व शान्ति द्दिपलाई कोरिया लिएर गई प्रतिस्थापना गर्ने कार्यले भगवान बुद्दको दर्शन एसियामा पुनर्जागरण गराउने कार्यमा सहयोग मिलेको बताए। साथै राजदूत लामाले यस्ता कार्यले नेपाली र कोरियाली जनताको बीच धार्मिक तथा सांस्क्रितीक सम्बन्धको उचाई थप गर्दै लुम्बिनीलाई बौद्द धर्मालम्बीहरूको पवित्र धार्मिक तिर्थ स्थलको रुपमा बिकास गर्न योगदान पुगेको बताए। त्यस्तै उनले यो पवित्र कार्यमा योगदान दिनुहुने नेपाल सरकारका पदाधीकारीहरू ,लुम्बिनी बिकास कोष ,नेपाल र कोरियामा गठित नागरिक समितीका सदस्यहरु र दोसन्सा मन्दिरका मित्रहरू सबै प्रति आभार व्यक्त गरे।उक्त हस्तान्तरण कार्यक्रम लगत्तै कोरियन पक्षले राष्ट्रपती निवासमा छोटो झांकी प्रस्तुत गरेको थियो। उक्त द्दिप लिएर राजदूत लामा ,उनकी धर्मपत्नी ईन्द्रमाया तामाङ्, दोसन्सा मन्दिरका मुख्य पुजारी हेजा लगायतको टोली यंहाको स्थानिय समय अनुसार दिउसो ३ बजे हिडेको जानकारी प्राप्त भएको सौल स्थित नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले नेपालकोरियाटाईम्सलाई बताए।
विश्व शान्ती द्दिप यात्रालाई कोरीयाली र नेपाली मिडियाले प्रमुखताका साथ प्रसारण गरेका थिए।
No comments:
Post a Comment