मनोरञ्जन शर्मा-भैरहवा,नेपाल l
अघिल्लो साता एक भारतीयजस्तै देखिने युवक दिनभरजसो मायादेवी मन्दिर अघिको पीपलवृक्षमा ध्यानमग्न भएर बसेका थिए । पछि उनले आफू मुस्लिम समुदायको पाकिस्तानी रहेको र अहिले क्यानाडामा बसोबास गर्दै आइरहेको बताए । २२ वर्षीय अलि मेहदाले लुम्बिनीलाई विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताए ।
“शान्तिका लागि यो पबित्रस्थल हो, विश्वमा अहिले शान्तिको खाँचो छ, त्यसैले पनि लुम्बिनीको धेरै महत्व देखिएको छ,” अलिले भने । बुद्ध धर्म मान्नेहरूको मात्र नभई हरेक धर्म र जातजाति जो शान्तिप्रति आस्था गर्छन् उनीहरूका लागि विश्वकै उत्कृष्ट गन्तव्य रहेको अलिले बताए ।
अलि मात्र होइन उनीसँगै रहेका स्पेनिस इभान परेडालेसमेत लुम्बिनी विश्वको साझा गन्तव्य रहेको उल्लेख गरे, लुम्बिनी अब विश्वका हरेक समुदायको गन्तव्य बन्न सक्छ, परेडाले भने । अलि र परेडा त उदाहरण पात्र मात्रै हुन् जो लुम्बिनीभन्दा सात समुद्र टाढा रहेर पनि यहाँ भ्रमणका लागि आए ।
तीन साताअघि बर्माबाट आएका फरक धर्मका (बुद्धिस्ट, क्रिश्चियन र मुस्लिम) ३ युवती मेई नि गुन्तांग, जुएजुए थिन र थिन्जर सनले यीले त लुम्बिनीबाटै आफ्नो देशमा मुस्लिम र बुद्धिस्ट समुदायबीच भड्किएको साम्प्रदायिक हिंसा अन्त्यको कामनासमेत गरे ।
उनीहरूले पनि लुम्बिनी विश्वकै उत्कृष्ट गन्तव्य रहेको जनाउँदै आफ्नो परिवारजन र साथीभाइहरूलाई लुम्बिनी भ्रमणका लागि सुझाउने बताए । त्यति मात्र होइन चैत दोस्रो साता काठमाडौंमा एसीसी ट्वान्टी–टवान्टी क्रिकेट खेल्न सिंगापुरको राष्ट्रिय टिमका खेलाडी चामिन्डा रुवान पनि काठमाडौं ओर्ले लगत्तै लुम्बिनी आए । यसले पनि लुम्बिनी विदेशीहरूको उत्कृष्ट गन्तव्य बन्दै गएको प्रस्ट हुन्छ । गत सात बैंकक एयरवेजका चेयरम्यान सहितको ७२ जना विशिष्ट व्यक्तिहरूको टोली प्लेन चार्टर गररे लुम्बिनी आएका थिए ।
पछिल्लो वर्षमा लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरूको संख्या तुलनात्मकरूपमा बढीरहेको छ । श्रीलंका, थाइल्यान्ड, बर्मा, दक्षिण कोरियालगायतका देशबाट मात्र नभएर युरोपियन, चाइनिज, अमेरिकी तथा पूर्वी एसियाका नागरिकहरू लुम्बिनी भ्रमणमा आउने क्रम बढ्दै गइरहेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरि राईले बताए ।
“विस्तारै–विस्तारै विश्व शान्तिको मुहानका रूपमा रहेको गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको घुइँचो लाग्न थालेको छ, यस्ले लुम्बिनी विश्वभरका शान्तिकार्मीहरूको उत्कृष्ट गन्तव्य बन्दै जान थालेको छ,” राईले भने । करिब ११ वर्षअघि सन् २००२ मा जम्मा ९ हजार ३६ विदेशीले लुम्बिनी भ्रमण गरेकामा २०१२ मा १ लाख ३६ हजार १ जना विदेशी पर्यटक लुम्बिनी पुगेका छन् । ०६२/६३ को जन आन्दोलन र शान्तिप्रकृया सुरु भएपछि लुम्बिनी भ्रमणमा आउने मा विदेशी पर्यटकहरूको संख्या हरेक वर्ष क्रमिक रूपमा बढ्दै गएको हो ।
सन् २००२ मा ९०३६, २००३ मा २८ हजार ५३, सन् २००४ मा ३७ हजार ८ सय ९२, सन् २००५ मा ३९ हजार ७ सय ९२,४९ हजार ५ सय, ९५, सन् २००७ मा ७१ हजार ५३, २००८ मा ८२ हजार ७५, सन् २००९,मा ८२ हजार ४ सय ४५, सन् २०१० मा ९९ हजार ५ सय ८, सन् २०११
मा १ लाख २८ हजार २ सय ५९ विदेशी पर्यटक लुम्बिनी आएका थिए ।
लुम्बिनीमा पर्यटकहरूको आगमन बढ्दै जाँदा यहाँस्तरीय होटल खुल्ने क्रमसमेत बढेको छ । अहिलेसम्म लुम्बिनी क्षेत्रमा मात्रै २ अर्बभन्दा बढी लगानी होटल व्यवसायमा भएको लुम्बिनी होटल तथा रेस्टुराँ संघका अध्यक्ष मिथुन श्रेष्ठले बताए । पर्यटकका लागि लुम्बिनीमा मुख्य आकर्षण बुद्धजन्मस्थल मायादेवी मन्दिर हो । लुम्बिनीमा भौतिक पूर्वधारका साथै लुम्बिनी गुरुयोजनालाई समयमै सम्पन्न गर्न सके यसको महत्व अझ बढ्ने श्रेष्ठ बताउँछन् । लुम्बिनी विकासकोषका सदस्य सचिव अजित मान तामाङ गुरुयोजना छिट्टै सम्पन्न गर्ने गरी काम अघि बढिरहेको र त्यसका लागि राज्यले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउँछन् ।

No comments:
Post a Comment